सिन्धुलिको सुनकोशी नदिमा डुबेर बालक बेपत्ता

सिन्धुली । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक सोमबार बेपत्ता भएका छन ।

गोलन्जोर गाउँपालिका- २ बितिजोर कुखुरेटारका राम बहादुर माझीको १२ बर्षीय छोरा माधब माझी घर नजिकैको सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोलन्जोर गाउँपालिका प्रवक्ता दौलत कार्कीले जानकारी दिए ।

बालकलाई पौडी खेल्दै गर्दा अपराह्न साँढे ४ बजे अचानक घुमानेले तानी बगाएको र अहिले उनको खोजी कार्य जारी रहेको कार्किले बताए । बालक बाल माध्यामिक बिद्यालयमा कक्षा ४ मा अध्यनरत थिए ।

बेपत्ता बालकको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार २०:०६

प्रतिक्रिया दिनुहोस्