सिन्धुलिमा कोरोना जोखिम: एक करोड ४० लाख लागतमा संचालित पिसिआर मेसिन सात महिना नहुदै बिग्रीयो

सिन्धुली । सात महिना अघिबाट सिन्धुलीमा संचालन हुँदै आएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागी प्रयोग हुने पिसिआर मेसिन बिग्रीएको छ ।

उक्त मेसिन बिग्रीएको दुई साता बितिसक्दा पनि नबनेपछी सिन्धुलीमा कोभिड -१९ को आरटीपिसिआर बिधिबाट हुने परिक्षण प्रक्रिया प्रभावित बनेको हो ।

जिल्लामा निषेधाज्ञा सहज बनेसंगै कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नेक्रममा छ । तर आरटिपिसिआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुन नसकेपछी कोरोना संक्रमितको संख्या अहिले यकिन हुन सकेको छैन ।

संक्रमितको परिक्षण हुन नसकिरहेको अबस्थामा निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमितको संख्या अत्यधिक बढ्ने जोखिम छ । सिन्धुली अस्पतालको मातहतमा रहने गरि कमलामाई नगरपालिका वडा नम्बर–६ शिवनगरमा गएको मङ्सिरबाट पिसिआर मेसिन जडान गरि सञ्चालनमा ल्याईएको थियो ।

बागमती प्रदेश सरकारको करीव एक करोड २५ लाखको लागत र सिन्धुली अस्पतालको १५ लाख बराबरको व्यवस्थापन खर्चमा सञ्चालनमा ल्याईएको कोभिड–१९ पिसिआर ल्याबको बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री युबराज दुलालले उद्घाटन गरेका थिए ।

पिसिआर मेसिन जडान तथा संचालनको करिब सात महिना नहुदै बिग्रीनु र मर्मतको लागी सम्बन्धित संस्थाले चासो नदेखाउनु बिडम्बना रहेको स्थानियको गुनासो छ ।

‘बिग्रीएको मेसिन प्रदेश सरकारकै समन्वयमा मर्मतको लागी पठाइएको करिब दुई साता भैसक्यो अझै बनेर आएको छैन, ‘सिन्धुली अस्पताल बिकास समितीका अध्यक्ष प्रल्लाद पोखरेलले बताए ।’

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०४:४०

प्रतिक्रिया दिनुहोस्