बिपिलाई सम्झिदै ३९ औं बिपिस्मृती दिवस सिन्धुलीमा मनाइयो

सिन्धुली – आज प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्‍वेश्‍वरप्रसाद कोइराला (बिपि) को ३९ औं स्मृति दिवस मनाइँदैछ ।

दिवसको अवसरमा नेपाली कांग्रेस सिन्धुलीले बिपि स्मृति कार्यक्रमको आयोजना गरि उनको राजनितीक तथा सामाजिक योगदानबारे सम्झना तथा छलफल गरेको छ ।

नेपाली काङ्ग्रेस सिन्धुलिका सभापती उज्वलप्रसाद बरालको अध्यक्षतामा स्मृतिसभा सम्पन्न भएको हो । स्मृतिसभामा कांग्रेसका संस्थापक नेता विश्‍वेश्‍वरप्रसाद कोइराला (बिपि) को सामाजिक तथा राजनितिक योगदानबारे सम्झना गर्दै बरालले बिपिको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिएको बताउनुभयो ।

२०१५ सालको निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान छ । ६ साउन २०३९ मा उनको निधन भएको थियो । 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०४:२७

प्रतिक्रिया दिनुहोस्