सिन्धुली जुनार संघले ६० हजार लागतमा जुनार स्तम्भ निर्माण गर्‍यो

सिन्धुली – जुनारको पहिचान स्थापित गराउने उदेश्यले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढिमा जुनार स्तम्भ निर्माण गरिएको छ । सिन्धुली कलाघर संगको समन्वयमा जुनार बिकास संघ सिन्धुलिले उक्त जुनार स्तम्भ निर्माण गरेको हो ।

जुनार कृषकको हकहित र जुनार खेती प्रबर्द्धनको निम्ति २०५१ सालमा जुनार बिकास संघ सिन्धुली नामक संस्था स्थापना भइ संचालनमा छ । कमलामाइ नगरपालिका वडा नम्बर -६ को लोकतान्त्रिक चौक नजिकै संघले आफ्नो ५ वटा ब्यबसायिक सटर निर्माण गरि हाल संस्था संचालन गरिरहेको छ ।

संस्थाको भवनमा हाल कृषिजन्य ब्यबसायलाइ पहिलो प्राथमिकतामा राखिएको छ । जुनारखेतीको प्रबर्द्धन, वृद्धिबिकास, जुनार कृषकको चाहाना र जिल्लामा जुनारको पहिचानको लागि जुनार स्तम्भको निर्माण गरिएको जुनार बिकास संघ सिन्धुलीका अध्यक्ष कर्ण आलेमगरले बताए ।

जुनार स्तम्भ अत्यन्त थोरै लगानिमा निर्माण गरिएको अध्यक्ष आलेमगरले जनाएका छन । कलाघर सिन्धुलीले करिब १० दिन लगाएर उक्त जुनारको बोट लक्षित स्तम्भ निर्माण गरेको हो । उक्त स्तम्भ निर्माणका लागी करिब ६० हजार रुपैयाँ खर्च गरिएको जुनार बिकास संघ सिन्धुलीले जनाएको छ ।

स्तम्भको बोटमा फलेका लटरम्म पहेलपुर जुनारले सिन्धुलीलाई जुनारको पहिचान बोकेको जिल्ला भनेर चिनाउन सहयोग पुग्ने र जुनार संघको भवन उक्लने सिढीमा उक्त स्तम्भ राखिएकोले भवनको नामलाई पनि उक्त स्तम्भले प्रतिनिधित्व गर्ने संस्थाले बिश्वास लिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १५:२८

प्रतिक्रिया दिनुहोस्