सिन्धुली – सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर निर्माण गर्ने र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजना अनुरुप काम गरिरहेको छ । नयाँ शहरका रुपमा विकास गरिने स्थानमा सघन शहरी विकास कार्यक्रम अन्तर्गत यि शहरमा अहिलेे शहरी सडक निर्माण, ढल, बसपार्क, हाटबजार, पोखरी र मनोरञ्जन पार्क निर्माण गर्ने लगायतका काम भैरहेको छ ।
सरकारले आर्थिक वर्ष ०७३/७४ मा तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा बस्ती र तराई मधेशका पाँच बस्तीलाई नयाँ शहरका रुपमा विकास गर्ने कार्यक्रमलाई बजेटमा समावेश गरेको थियो ।
अघिल्ला कार्यक्रमहरुलाई निरन्तरता दिदै सरकारले पुनः २०७४ असार २८ गते थप १० वटा शहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने निर्णय गरेको थियो । १५ वटा शहरलाई १० वटा प्याकेजमा व्यवस्थापन गर्ने आयोजनाको लक्ष्य थियो ।
नया शहर निर्माण गरि ठूला शहरी क्षेत्र तराई तथा कृषि योग्य उपत्यकामा हुन सक्ने बसाइँ सराइलाई नियन्त्रण गर्ने, त्यस क्षेत्रबाट अन्यत्र बसाइसराइ गरेका परिवारलाई आकर्षित गर्ने, कृषि पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास एवं प्रवर्द्धन गरी आर्थिक क्रियाकलाप गर्ने सरकारको लक्ष्य रहेको छ ।
सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तिबाङ, अछामको साँफेबगर, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्नाली, बैतडीको पाटन, प्यूठानको भिंग्री र सुर्खेतको भेरीगंगालाई मध्य पहाडी राजमार्ग अन्तर्गतका १० नयाँ शहरको रुपमा निर्माण गर्ने लक्ष्य राखे अनुरुम अहिले काम गरिरहेको छ ।
तर, यता सिन्धुलिको खुर्कोटमा भने नया शहर निर्माण परियोजनाका प्रमुख सुदिप श्रेष्ठले निर्माण समिती तथा निर्माण कम्पनीसङ्ग बिनियोजित बजेटबाट ५ देखि १० प्रतिशत कमिशन लिने गरेको स्थानियको आरोप छ ।
नाम र कम्पनी उल्लेख नगरिदिने शर्तमा एक स्थानियले आफुले काम गरेको निर्माण समितिबाट छुट्याइएको रकमको १० प्रतिशत आफुलाइ चाहिने नत्र काम रोकिदिने भन्दै परियोजना प्रमुख श्रेष्ठले कमिशन मागेको उनले बताए ।
हामी उक्त परियोजनामा समिती तथा कम्पनी मार्फत काम गरिरहेका छौ, ‘तर परियोजना प्रमुखले ५ देखि १० प्रतिशत हरेक योजनामा कमिशन मागेर हामीलाई हैरान बनाएका छन, नदिउ भने काम रोकिन्छ दिउ भने आफुलाइ नै घाटा हुनेगरी काम गर्नुपर्छ परियोजनामा निर्माणको काम गरिरहेका एक व्यावसायिले भने ।’
यता आयोजना प्रमुख श्रेष्ठले भने आफुले त्यसरी प्रतिशतको आधारमा कमिशन नमागेको बताएका छन । उनले परियोजनामा विभिन्न समिती तथा कम्पनीहरु कामको लागि आउने गरेको र उनिहरु सबैलाइ काम दिन नसकिने भएकोले काम नदिएको रिसमा कमिशन माग्यो भनेर आरोप लगाएको हुनसक्ने परियोजना प्रमुख श्रेष्ठले बताए ।
कमिशन मागेको आरोप लगाउने व्यावसायिले भने मलाइ र परियोजना प्रमुख दुबैलाइ एकैठाउमा बोलाउनुस निर्माण रकमको म सङ्ग यति प्रतिशत रकम उहाँले लिएको हो होइन उहाँकै अघि प्रमाणित गरिदिनु परेपनि आफू तयार रहेको उनले बताए ।