सिन्धुली – नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर -२ बितिजोर द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।
शुक्रवार आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी एकीकृतबाट गएको स्थानिय तहको निर्वाचनमा महिला सदस्यको प्रत्यासी कृष्ण कुमारी सार्की, नेकपा एमालेबाट वडा सदस्यको प्रत्यासी थलबहादुर थापा मगर लगाएत ६७ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन ।
नवप्रबेशीलाई नेपाली काङ्ग्रेस सिन्धुलीका पुर्व पार्टी सभापती तथा पुर्व संविधानसभा सदस्य मोहनप्रसाद बराल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की लगायतले अबिरमाला खादाले स्वागत गरेका हुन ।
नेकपा एमाले परित्याग गरेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेको जनाउदै थलबहादुर थापा मगरले कम्युनिस्टले सधै आफुहरुलाइ झुठा आश्वासन बाडेर गुमराहमा राखेको बताए । झुठा आश्वासन बाड्ने तथा सपना बाड्ने कम्युनिस्टको चरित्र खराब रहेको जनाउदै उनले यस्ता आश्वासनको पछि अब बितिजोरबासी नलाग्ने बताए ।
नेपाली काङ्ग्रेसमा प्रबेश गरेका राधे दमाईले गोलन्जोर -२ मा कम्युनिस्टहरुलाइ अब शिला खोजेजसरी खोज्नु पर्ने अबस्था आएको बताए । कार्यक्रमका प्रमुख अतिथी मोहन प्रसाद बरालले भौगोलिक हिसाबले बिकट रहेको भएपनी बितिजोर बिकासको चरणमा रहेको बताए ।
उनले भने, ‘सुगम भनिएका साबिकका गाबिसहरुमा पनि सबै ठाउमा विद्युत, सडक, खानेपानिको सुबिधा नपुगिरहेको अबस्थामा बितिजोरले यसको सुबिधा पाइसकेकोले अब शिक्षा र सुशासनको क्षेत्रमा वडाले फड्को मार्नुपर्ने उल्लेख गरे ।
उनले नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर पार्टिलाइ बलियो बनाउन आग्रह गरे ।
बरालले अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यस क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै नवप्रवेसिलाई शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने बताए । अवसरहरुलाई समान रुपमा वितरण गर्ने, नया पुरानो नभनी कोहि कसैलाई भेदभाब नगरि समान अबसरको रुपमा सबैलाई पार्टिभित्र समेट्ने कार्किले बताए ।
वडा सभापती दौलत कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा काङ्ग्रेस नेता बिनोद गुरुङ, महिला संघ सिन्धुलीकि सभापती गङ्गा दाहाल, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापती कर्ण थापा मगर लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।