६ बर्षिया बालिका बलात्कृत

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–१३ कुँडुले निवासी ६ बर्षिया बालिका बलात्कृत भएकी छिन ।

सोही ठाँउ निवासी १६ बर्षिय तीलक रानामगर र निजका भाई १४ बर्षिय कपिल रानामगरले ती बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरी मंगलबार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय डकाहाका ईन्चार्ज प्रहरी निरिक्षक सुगन्ध श्रेष्ठका अनुसार पीडित पक्षले उजुरी गरेपछी सोमबार उक्त कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले ती दुईलाई पक्राउ गरेको हो ।

भदौ ७ गते दिउसो १ बजेतीर बालिकाको घरमा कोही नभएको मौका छोपी आफ्नै गोठमा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

पिडित बालिका र अभियुक्त दुवै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक श्याबहादुर क्षेत्रीले उक्त घट्ना आफु समक्ष आई नपुगेकोले अहिले नै केही बताउन नकस्ने बताए । वडा अध्यक्ष मिलन सुनुवारले पीडित र पीडक बीच हाडनाताको सम्बन्ध भएको र वल्लोघर पल्लोघर बस्ने छिमेकी भएको सुनाए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १४:०२

प्रतिक्रिया दिनुहोस्