सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार हुने भनिएको सिन्धुली जिल्ला अधिबेशन अनिश्चितकालका लागी स्थगित भएको छ ।
नेपाली कांग्रेस सिन्धुलीका पुर्व जिल्ला कार्यसमितिका सदस्य, दुधौली नगरपालिकाका निबर्तमान सभापती तथा दुधौली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कुमार बस्नेतको निधनको शोकमा जिल्ला अधिबेशन स्थगित गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा नेपाली कांग्रेस सिन्धुलीले पेश गरेको पत्र अनुसार निर्वाचन कार्यालयले अर्को सुचना प्रकाशन नभएसम्म अधिबेशन स्थगित गरिएको जनाएको छ ।