कांग्रेस सिन्धुलीको सभापतीमा को बलियो उम्मेदवार ? (अंकपत्र विशेष)

सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउदो पौष २७ गते अधिबेशन हुन बाकी रहेका १६ जिल्लाको अधिबेशनको मिति तोकिए संगै जिल्लामा चुनाबी सरगर्मी बढेको छ ।

कांग्रेसको महाधिवेशन सकिएपनी बिबिध कारणले जिल्ला अधिबेशन हुन बाकी रहेका जिल्लाको अधिबेशन यहि पौष २७ गते हुने केन्द्रिय समितीले निर्णय गरेपछि बाकी रहेका जिल्लाको चुनाबी माहौल तातिएको हो ।

देशभरबाट अधिबेशन सम्पन्न हुन बाकी १६ जिल्लामध्य सिन्धुली जिल्लामा पनि जिल्ला अधिबेशन हुन बाकी छ । अधिबेशन मिति नजिकिदै जादा जिल्लामा सभापती लगायत पदाधिकारी तथा सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने प्रतिस्पर्धीको सामाजिक संजालमा बाढी नै आएको छ ।

सिन्धुली कांग्रेसको सभापतीमा मात्रै छ जना प्रतिस्पर्धीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन । जिल्लाको वर्तमान सभापति उज्ज्वलप्रसाद बराल पुनः एकपटक सभापतिमा दोहोरिने मनसायमा छन ।

संस्थापन इतर समुहबाट खुलेर पार्टिको राजनैतिक एजेन्डा र समुहगत रुपमा स्पष्ट आफ्नो अडान प्रस्तुत गर्दै आएका बराल जिल्ला सभापतिको बलियो उमेदवार हुन । बराल जिल्लामा मात्रै नभएर प्रदेश देखि केन्द्र सम्म संस्थापन इतर समुहबाट आफ्नो बलियो र खरो धारणा राख्ने नेतामा गनिन्छन ।

त्यस्तै कांग्रेसको संस्थापन इतर समुहबाटै अर्का बलिया उम्मेदवार हुन उपेन्द्र कुमार पोखरेल । पोखरेल नेपाली कांग्रेस सिन्धुलीका पुर्व पार्टी सचीव हुन । महाधिवेशन प्रतिनिधिमा सिन्धुली निर्बाचन क्षेत्र नम्बर दुई बाट लोकप्रिय दोस्रो मत प्राप्त गरि बिजयी बनेका पोखरेल नेपाली कांग्रेसको नेतृत्वमा पुस्ताहस्तान्तरण हुनुपर्छ भनेर नेता कार्यकर्ताले आवाज उठाउदै गर्दा आफू त्यो पक्षको बलियो उम्मेदवार रहेको बताउछन ।

त्यस्तै सस्थापन इतर समुहबाटै अर्का नेपाली कांग्रेस सिन्धुलीका पुराना नेता बिश्वनाथ कोइराला पनि सभापतीको आकाङ्क्षि हुन । उनी लामो समयदेखी नेपाली कांग्रेसको राजनितिमा आफू लागेको र कहिल्यै पदको लोभमा नलागेको भएपनी एकपटक आफ्नो राजनीतिक जिबनमा सभापती बनेर कांग्रेसलाई थप सुदृढीकरण गर्ने चाहाना भएको बताउछन ।

यता सस्थापन इतर समुहबाटै आफ्नो उम्मेदवारी रहेको जनाउदै आएका भएपनि खड्गबहादुर वाइबालाई अहिले नेपाली कांग्रेसको इतर पक्षबाट नभई संस्थापन पक्षबाट उम्मेदवार रहेको नेता कार्यकर्ताले बताउदै आएका छन ।

उनी संस्थापन समुहबाटै नेपाली कांग्रेस सिन्धुलीको अहिले बर्तमान उपसभापति हुन । उपसभापती भएर काम गरिसकेको भएर पनि आफू स्वत रुपमा सभापतीको उम्मेदवार रहेको वाइबाले बताए ।

त्यस्तै नेपाली कांग्रेसको सस्थापन पक्षका अर्का सभापती उम्मेदवार हुन माणिक कुमार ढकाल । ढकाल नेपाली कांग्रेसको राजनैतिक जिबनमा सरल र शालिन नेताका रुपमा परिचित छन । सोही समुहका अर्का सभापतिका उम्मेदवार हुन प्रेमचन्द्र दाहाल । दाहाल पेशागत रुपमा कानुनी ब्यबसायीको रुपमा कार्यरत छन ।

नेपाली कांग्रेसको गएको १३ औं महाधिवेशनमा समेत सभापतिको उम्मेदवार रहेका दाहाल आफू पुनः यो पटक पनि सभापतिमा उठ्ने बताउछन । निरन्तर एउटै नेतृत्वले पार्टिलाइ चलाएमान बनाउन नसक्ने बताउदै दाहालले यो पटक आफू जिल्ला सभापतिमा बिजयी हुने बताए ।

सभापतिमा दुई पक्ष बिच कडा प्रतिस्पर्धा रहेको अनुमान गरिए पनि जिल्लामा भने संस्थापन इतर समूहको प्रभाव बढी देखिन्छ । सिन्धुलीमा वडा अधिवेशनबाट २५ सय २० जना क्षेत्रीय प्रतिनिधिको रुपमा छनौट भएका छन । छनौट भएका तिनै प्रतिनिधिले सभापती लगायत अन्य पदाधिकारी तथा सदस्यमा मतदान गर्नेछन ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार ०९:४८

प्रतिक्रिया दिनुहोस्