जनगणना -२०७८ : सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७

सिन्धुली – केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ काे प्रारम्भिक विवरण अनुसार सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७ रहेको छ ।

देशका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेको ४६० गाँउपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानिएकाे छ ।  

जिल्लाको कुल प्रारम्भिक जनसंख्या मध्ये पुरुषको संख्या १ लाख ४७ हजार ६ सय ५८ रहेको छ भने महिलाको संख्या १ लाख ५२ हजार ४ सय ५९ रहेको छ ।

लैङ्गिक अनुपात ९६.८५ रहेको जिल्लाको परिवार औसत आकार ४.३२ रहेको छ । सिन्धुलिको कुल जनघनत्व १२० रहेको छ भने बार्षिक जनसंख्या वृद्धिदर ०.१३ प्रतिशत रहेको छ ।

प्रारम्भिक जिल्लाको जनगणना २०७८ मा अक्सर बिदेशमा बसोबास गर्ने (परिवारमा अनुपस्थित) को कुल जनसंख्या १३ हजार २ सय ६१ रहेको छ । जसमध्ये पुरुषको संख्या ११ हजार ५ सय ६० रहेको छ भने महिलाको संख्या १ हजार ७ सय १ रहेको छ । यो भनेको जिल्लाको कुल जनसंख्या को ०.६१ प्रतिशत हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:४१

प्रतिक्रिया दिनुहोस्