एकसाताको लागि पुनः कमलामाइ नगरपालिका सर्टडाउन

सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले आउने १५ गते सम्मको लागि पुनः सटडाउन थप गर्ने निर्णय गरेको छ ।

नगरपालिका मेयर खड्गबहादुर खत्रीको संयोजकत्वमा सरोकार निकाय सङ्गको छलफलमा १५ गते सम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले १५ गते राती १२ बजेसम्मको लागि सटडाउन पुनः थप गरि केही मापदण्ड बनाइ कोरोना जोखिम नियन्त्रणका लागि प्रयास गरेको मेयर खत्रीले बताए ।

सो अबधीसम्मको लागि नगरपालिका क्षेत्र भित्रका सबै औंषधी पसल खुल्ला रहने र डेरिको हकमा बिहान ६ बजेदेखी १० बजेसम्म र बेलुका ४ बजेदेखी ७ बजेसम्म खुल्ला गर्न पाउने निर्णय लागू गरेको छ ।

त्यस्तै बाकी ब्यबसायको हकमा बिहान ६ बजेदेखी १० बजेसम्म मात्रै खुल्ला राख्न पाउने निर्णय गरेको छ भने बन्द अबधिभरका लागि मोटरसाइकल तथा अन्य हलुका सवारी साधनलाइ पुर्णरुमा रोक लगाउने निर्णय नगरपालिकाले गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १४:५६

प्रतिक्रिया दिनुहोस्