सिन्धुली – कमलामाई नगरपालिका क्षेत्रका मर्ज भएका ६ वटा सामुदायिक विद्यालयलाई वागमती प्रदेश सरकारले वितरण गरेको स्कुल वसलाई कमलामाई नगरपालिकाले वितरण गरेको भनि भ्रम छरेको प्रति कमला माध्यामिक विद्यालय ढुंग्रेवासले विज्ञप्ती मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
विज्ञप्ती मार्फत मर्जको नियमानुसार प्राप्त हुने प्रोत्साहन वापत नगरपालिका भित्रका ६ सामुदायिक विद्यालयलाई राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बागमति प्रदेश सरकारले स्कुललाई वस वितरण गरिएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘सिप्रदी ट्रेडर्स मार्फत विद्यालयहरुका सम्वन्धित शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका प्रतिनिधीहरुलाई बस वितरण गरिएको हो ।’ तर उक्त वस कमलामाई नगरपालिका मार्फत वितरण गरिएको भनि भ्रामक तथा कपोकल्पित गलत समाचार नगरपालिकाले गरेकोले यस्ता गलत समाचार प्रचार नगर्न विज्ञप्ती मार्फत चेतावनी दिईएको छ ।
यस्ता गलत समाचारको प्रचार गरिएमा आगामी दिनमा यसको विरोधमा जस्तोसुकै विरोधका कार्यक्रम पनि गर्न विद्यालय तयार रहने जनाईएको छ । साथै विज्ञप्ती मार्फत नगरवासीलाई उक्त वस कमलामाई नगरपालिकाले नभई बागमती प्रदेश सरकारबाट सहयोग स्वरुप वितरण गरिएको भन्ने कुरामा विश्वास गर्न आग्रह गरिएको छ ।
ढुंग्रेवासमा रहेको कमला माध्यामिक विद्यालय, फोश्रेटारमा रहेको जनज्योति माध्यामिक विद्यालय, माढीबजारमा रहेको गौमति माध्यामिक विद्यालय, सिलामेमा रहेको कमला जनज्योति मा.वि., मा.वि गडौली र पल्लो रामपुरमा रहेको कालिका माध्यमिक विद्यालयमा बस बस वितरण गरिएको हो ।
प्रदेश सरकारले मर्ज भएका विद्यालयलाई २५ लाख रुपैँया बराबरको अनुदान सहयोग गर्ने निर्णय गरेको थियो । सोहि अनुसार मर्ज भएका ६ वटा बिद्यालयलाई २४ लाख ९५ हजार रुपैँया बराबरको ४२ सिटे गाडि प्रदेश सरकारले वितरण गरेको कमला माध्यामिक विद्यालय ढुंग्रेवासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोखरेलले वताए ।