जिल्ला अस्पताल सिन्धुलीलाई मोबाईल चार्जिङ स्टेशन सहयोग

सिन्धुली – नेपाल दुरसंचार प्राधिकरण सिन्धुलीले जिल्ला अस्पताल सिन्धुलीलाई शुक्रवार मोबाईल चार्जिङ स्टेशन सहयोग गरेको छ ।

सेवाग्राहीलाई थप सेवा तथा नेपाल टेलिकमको सेवा बिस्तारको लागी उक्त चार्जिङ स्टेशन सहयोग गरिएको नेपाल दुरसंचार प्राधिकरण सिन्धुलीका प्राबिधिक अधिकृत घनस्याम पोखरेलले बताए ।

पोखरेलका अनुसार उक्त चार्जर स्टेशनबाट १३ ओटा मोबाइल एकैपटक चार्ज गर्न सकिन्छ । उक्त स्टेशन जिल्ला अस्पतालको बिरामी भर्ना कक्ष अगाडि राखिने अस्पताल बिकास समितीका अध्यक्ष बिजय कुवरले बताए ।

नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै आफ्नो कम्पनीको सेवा बिस्तारको लागी जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल सिन्धुलीमा चार्जिङ् स्टेशन सहयोग गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार ११:५५

प्रतिक्रिया दिनुहोस्