सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र कुमार पोखरेल विजयी भएका छन् । शनिबारबाट सुरू भएको १४औं अधिवेशनबाट पोखरेल ८८५ मतसहित विजयी भएका हुन् ।
पोखरेलले प्रतिद्वन्द्वी तथा निवर्तमान जिल्ला सभापति उज्ज्वल प्रसाद बराललाई ४०८ मत अन्तरले पराजित गरे । बरालले ४७७ मत प्राप्त गरे ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा कुल १ हजार ३७१ मत खसेको थियो । ९ मत बदर भएको थियो ।
कांग्रेस जिल्ला कार्य समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी छ ।









