घ्याङ्लेख: जनप्रतिनिधिमा राजनैतिक संस्कारको उदाहरण

सिन्धुली – स्थानीय जनताको आवश्यकता अनुसार घरदैलोमा पुगेर सेवालाई सरल र सहज बनाउन साथै प्रशासनिक कार्यलाई चुस्तदुरुस्त गराउने उदेश्यका साथ जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका सरकारी सवारी साधनको चरम दुरुपयोग हामीले देख्दै सुन्दै आइरहेका छौँ ।

कार्यालयको नियमित प्रयोजनको लागि मात्रै प्रयोग हुनुपर्ने चारपांग्रे र दुईपांग्रे सवारी साधनलाई जनप्रतिनिधि र कर्मचारीले आफ्नो ब्यक्तिगत तथा राजनीतिक आवश्यकता अनुसार मनपरी प्रयोग गरिरहेका उदाहरण सिन्धुलीको लागी नौलो छैन ।

चाडबाडको बेला खसी बोक्नेदेखि आफ्न्तलाइ घर-माइतीसम्म पुर्याउनको लागी प्रयोग हुने जिल्लाका स्थानियतहका सवारि साधन पार्टिका सभा-सम्मेलन, गोष्ठी कार्यकर्ता ओसारपसारसम्मका लागी प्रयोग हुँदै आइरहेका छन ।

त्यतीमात्रै होइन स्थानिय तहको मातहतमा रहेका सेतो नम्बरप्लेटका दुइपाङ्ग्रे, चारपाङ्ग्रे सवारी साधन ब्यक्तिगत स्वार्थकालागी ड्राइभिङ सिकाइमा समेत प्रयोग हुँदै आइरहेका सवारिसाधन हुन ।

गएको स्थानिय तहको निर्वाचनको कार्यअबधी लगभग सकिन लागेको छ । दोश्रो स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागी तय गरिएको छ । आसन्न स्थानिय तहको निर्वाचनको लागी यहि चैत्र १५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ ।

तर, जिल्लाका सबैजसो स्थानियतहका प्रमुख उपप्रमुख वडा अध्यक्षलगायतले प्रयोग गर्दै आइरहेका सवारी साधन आजभोली कार्यलय समयमापनि कार्यालयमा भेटिदैनन । दलगत चुनाबी प्रचारमा प्रयोग भइरहेका सवारी साधन पार्टिको प्रचारप्रसारको लागी सरल माध्यम बन्न पुगेको छ ।

यो जञ्जालबाट मुक्त हुन नसकेका सिन्धुलीका स्थानिय तहका लागी भने जिल्लाको घ्याङ्लेख गाउँपालिका उदाहरणिय पालिका बन्न पुगेको छ । यस गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले आफुले प्रयोग गरेको गाडि बिहिबार कर्मचारीलाई जिम्मा दिए । अध्यक्ष मात्रै नभएर उपाध्यक्ष समेतले प्रयोग गर्दै आइरहेको गाडी गाउँपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कार्की लाई बुझाएका हुन ।

गाउँपालिका अध्यक्ष भोलन र उपाध्यक्ष दुर्गादेबी सुनुवारले आफुले प्रयोग गर्दै आईरहेको सवारी साधन विहिबार देखि प्रयोग नगर्ने बताएका छन । अध्यक्ष भोलनले सरकारी गाडि चढेर पार्टीको भोट माग्न हिड्न नमिल्ने भन्दै आफुले प्रयोग गर्दै आएको गाडि कर्मचारीलाई जिम्मा लगाएको बताए ।

निर्वाचनको आचार संहिता लागु नभए पनि गाउँपालिका प्रति बफादार बनेर सेवा प्रवाह गर्दै गर्दा जनता बाट प्राप्त बिश्वासलाई मध्यनजर गर्दै कार्यलय प्रयोजनको लागि दिइएको सेवा समय अवधी अगावै गाउँपालिकालाई नै फिर्ता गरिएको गाउँपालिका अध्यक्ष भोलनले बताए ।

अब हुने निर्वाचनलाई सम्बोधन गर्न, एउटा संस्कारको बिकास गराउन र सरकारी सम्पत्तीको दुरुपयोग नहोस भन्नको लागि पनि आफुहरुले प्रयोग गर्दै आइरहेको गाडी हस्तान्तरण गरिएको उपाध्यक्ष सुनुवारले बताइन ।

गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले २०७४ सालबाट र उपाध्यक्ष दुर्गा देवि सुनुवारले २०७६ सालबाट स्थानियतहको मातहतमा सवारी साधनको प्रयोग गर्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष भोलन र उपाध्यक्ष सुनुवार गएको स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन ।

अध्यक्ष भोलनले २४२४ मतले र उपाध्यक्ष सुनुवारले २२८७ मतले बिजयी बनेका थिए भने अध्यक्ष भोलनका निकटतम प्रतिस्पर्धी माओबादी केन्द्रका शंकरमान भोलनले १११२ मत र उपाध्यक्ष सुनुवारको निकटतम प्रतिस्पर्धी कान्छिमाया भोलनले १०२० मत प्राप्त गरि पराजय भोगेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १०:२०

प्रतिक्रिया दिनुहोस्