मिलेमतोमा ठेग्गा बितरण गरिएको काङ्ग्रेसको आरोप

सिन्धुली । सुनकोसी नदि किनाराका ढुंगा, गिट्टि, बालुवा सामाग्री उत्खनन सम्बन्धी प्रक्रियामा गाउँपालिकाले मिलेमतोमा ठेग्गा बितरण गरेको भन्दै नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नम्बर २ (क) ले बिज्ञप्ति मार्फत सो कार्यको भत्सर्ना गरेको छ ।

बिज्ञप्ति मार्फत अघिल्लो आर्थिक बर्षहरुमा ६ करोड ९६ लाख सम्ममा ठेग्गा लागेकोमा यस आर्थिक बर्ष ०७७/०७८ को लागि ३ करोड २० लाखमा लिन खोज्ने कम्पनीलाई दर्ता नै गर्न नदिइ गाउँपालिकाले मिलेमतोमा १ करोड २० लाखमा ठेग्गाको जिम्मा अर्को कम्पनीलाई लगाएर सिङ्गो गाउँपालिकालाई ठूलो बित्तीय खाडलमा पारेको काङ्ग्रेसको आरोप छ ।

गाउँपालिकाको समग्र बिकास निर्माण र समृद्धि हासिल गर्न संकलन हुने आन्तरिक श्रोतमा गाउँपालिकाले ठेक्का प्रक्रियामा ठूलो अनियमितता गरेको क्षेत्रीय कार्यसमिति सभापती बोधबिक्रम थापाले अंकपत्रसङ्ग बताए ।

सभापति थापाका अनुसार, ‘गाउँपालिका भित्रका सुनकोशी नदि किनाराका ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न गर्नुपर्ने प्रारम्भिक वाताबरणिय परिक्षण (आ.इ.इ) समेत नगरी चार बर्ष अघिको प्रतिबेदनको आधारमा नदि उत्खनन गरेर बाताबरणिय प्रदुषण फैलाएको आरोप छ ।

सभापती थापाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा यसै गाउँपालिका वडा नम्बर ३ स्थित गणेशथान बजार क्षेत्रमा हिरा जर्गामगर, गणेश जर्गामगर, शोभा जर्गा मगरमाथी ठेगेदार राम बोगटी सहितका केही ब्यक्तीले घरमै जबर्जस्ति प्रवेश गरि कुटपिट गरेको र उक्त समुदायमै त्रासदी फैलाएको प्रती काङ्ग्रेसले आपत्ति जनाएको छ ।

साथै गाउँपालिकाबाट बिनियोजित बजेटमा आफ्ना कार्यकर्ता लाई मात्रै उपभोक्ता समितिमा राखी भएको काम भन्दा बढिको बिल पास गराइ ठूलो आर्थिक अनियमितता गरेको बिज्ञप्तिमार्फत भनिएको छ । नदिजन्य सामाग्री उत्खनन सम्बन्धी ठेग्गा प्रक्रियाको बिषयमा पुनर्बिचार गर्न र सो क्षेत्रमा भएको कुटपिटजन्य घटनाको घोर भर्त्सना गरिएको काङ्ग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १८:४०

प्रतिक्रिया दिनुहोस्