सम्पुर्ण हिसाबसहित गोलन्जोर ५ का वडाध्यक्षबाट मोटरसाइकल फिर्ता

सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बुद्धिबहादुर पाल्पाली खड्काले मंगलवार आफुले जनप्रतिनीधिमा निर्वाचित भएदेखी प्रयोग गर्दै आइरहेको सरकारी सवारीसाधन मोटरसाइकल फिर्ता गर्नुभएको छ ।

पाल्पाली खड्काले वडाध्यक्षको हैसियतले प्राप्त गरेको सुविधा वापतको मोटरसाइकल मंगलवार फिर्ता गर्नुभएको हो । उहाँले प्रयोग गर्दै आउनुभएको बा. २ ब ८५६५ नम्बरको मोटरसाइकल गाउँपालिका भण्डार शाखाका प्रमुख तिर्थ भण्डारीलाई बुझाउनु भएको हो ।

नेपाली कांग्रेसबाट विजयी खड्का आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि पनि वडाध्यक्षकै प्रत्यासी छन् । खड्काको वडा कार्यसमितिले पुनः एक कार्यकाल सभापतीमा दोहोर्‍याउनको लागी पहिलो नम्बरमा सिफारिस गरेको छ ।

पहिलो नम्बरमा सिफारिस पुनः भएपछी पहिलो कार्यकालमा आफुले योजना बनाएका अधुरा कामहरु पूरा गर्नको लागी वडाबासिले देखाउनु भएको भरोसामा आफू कदापी नडगमाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘गएको स्थानिय तहको निर्वाचनमा मलाइ जुन बिश्वासले यहाँका वडावासीले आफ्नो अमुल्य मत दिएर बिजयी गराउनुभयो त्यो गुन सधै मेरो मनमा छ ।

मैले बाचा गरेका केही कामहरु अझै अधुरा छन, त्यो काम पूरा गर्नको लागी पुनः मलाइ दोश्रो कार्याकालको लागी पहिलो नम्बरमा सिफारिस गर्नुभएको छ । यहाँहरुले दिनुभएको थप जिम्मेवारीलाई म पूरा गर्न मन, वचन र कर्मले लाग्नेछु ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १४:१५

प्रतिक्रिया दिनुहोस्