अण लामाद्वारा ईन्द्रावती – ५ मा वडाअध्यक्षमा दावी

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता अण लामाले ईन्द्रावती–५ को वडा अध्यक्षमा दावी गरेका छन् । लामो समयदेखि पार्टी र उद्योगी तथा व्यवसायी क्षेत्रको राजनीतिमा क्रियाशील रहेका लामाले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् ।

तरुण दल सिन्धुपाल्चोकमा रहेर लामो समय काम गरेका लामा युवाको माझमा लोकप्रिय नेताको रुपमा चिनीएका छन् । नेपाल तरुण दलको क्षेत्रीय उपाध्यक्षको भुमीकामा रहेर लामाले तरुण दलको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेलेका छन् ।

यस्तै लामा लोकतान्त्रीक खेलकुद संघको बाग्मती प्रदेश सदस्यको भुमीकामा रहेर पनि काम गरीरहेका छन् । लामाले भनेका छन् “गाउँको ठुला सपना छैन, न पानीजहाज चाहिएको छ, न रेल चाहिएको छ, समृद्ध गाँउको आधार हरेक परिवारको आर्थिक आत्मनिर्भरता हो ।

मेरो सपना नै गाउँको हरेक परिवारको आर्थिक अवस्था बलियो बनाउनु हो” । गाँउमा आफ्नो जनाधार बलीयो रहेको र वडा नम्बर ५ वासिको माग अनुसार नै आफुले दावी गरेको लामाले बताएका छन् । लामाले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् ।

‘पार्टीमा आबद्ध भएपछि टिकटको दावेदारी गर्नु स्वभाविक हो ।’ लामाले कोरोना महामारीको समयमा वडा तहमै खटेर कार्य गरेको र स्थानीय युवा र पाकाहरुको माग अनुसार आफू अगाडि बढेको बताए ।

मतदाता संख्याको हिसाबले इन्द्रावती गाउँपालिकाको दोस्रो ठुलो वडा रहेको ५ नम्बरमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कुनै समयमा राप्रपाको बलियो पकड रहेको यस वडामा अहिले राप्रपा सबैभन्दा कमजोर शक्तिको रुपमा रहेको देखिन्छ भने एकीकृत समाजवादीको पनि उल्लेख्य उपस्थित देखिदैन ।

यस वडामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्र बिच मै कडा प्रतिस्पर्धा देखिन्छ । २०७४ को स्थानीय निर्वाचनमा अनपेक्षित नतिजा निकाल्दै कांग्रेसले वडा अध्यक्षमा जित हात पारे पनि ४ जना सदस्य एमालेले जित्न सफल भएको थियोे ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार ०९:४९

प्रतिक्रिया दिनुहोस्