वडाध्यक्ष बनेर समृद्ध गाउँको आधार निर्माण गर्ने चाहाना छ

सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका युवा नेता उत्तरकुमार वाइबाले घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन । लामो समयदेखि पार्टीको भातृ संघसंगठन र सामाजिक क्षेत्रमा क्रियाशील रहेका वाइबाले आसन्न वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् ।

तरुण दल सिन्धुलीको कार्यबाहक सभापतीमा रहेर लामो समय काम गरेका वाइबा युवा माझ तथा स्थानिय समुदायमा लोकप्रिय नेताको रुपमा चिनीएका छन् । नेपाल तरुण दलको उपसभापति तथा कार्यबाहक सभापतिको भुमीकामा रहेर वाइबाले तरुण दलको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेलेका छन् ।

यस्तै वाइबाले स्थानिय उच्च माध्यामिक बिधालयमा दुई कार्यकाल ब्यबस्थापन समितीको अध्यक्ष भएर समेत काम गरेका छन । वाइबा भन्छन् “गाउँको त्यस्तो ठुला-ठुला सपना छैन, न पानीजहाज चाहिएको छ, न रेल चाहिएको छ, समृद्ध गाँउको आधार हरेक परिवारको आर्थिक आत्मनिर्भरता हो ।’

मेरो सपना नै गाउँको हरेक परिवारको आर्थिक अवस्था बलियो बनाउनु हो” । गाँउमा आफ्नो जनाधार बलीयो रहेको र वडा नम्बर २ वासिको माग अनुसार नै आफुले दावी गरेको वाइबाले बताएका छन् ।

‘पार्टीमा आबद्ध भएपछि टिकटको दावेदारी गर्नु स्वभाविक हो ।’ वाइबाले कोरोना महामारीको समयमा वडा तहमै खटेर कार्य गरेको, स्थानिय युवालाइ खेलकुद तथा शिक्षा क्षेत्रमा प्रोत्साहन गरेकाले वडा नम्बर २ का समुदायले आफुलाइ चाहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ०५:११

प्रतिक्रिया दिनुहोस्