कांग्रेस सिन्धुलीद्वारा १७ सदस्यीय संसदिय समिती गठन

सिन्धुली – नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुलीको शनिबार बसेको बैठकले आसन्न स्थानिय तहको निर्वाचन लक्षित जिल्ला संसदिय समिती गठन गरेको छ ।

जिल्लाको निर्वाचित पार्टी सभापतीको नेतृत्वमा १७ सदस्यीय समिती गठन गरिएको पार्टिका सभापती उपेन्द्रकुमार पोखरेलले बताउनुभयो । समितीमा जिल्ला कार्यसमितिका पदाधिकारी उपसभापति दिपक घिमिरे र जगतबहादुर भोलन सचिव इस्वरकुमार बस्नेत र कान्छामान बल सह-सचिव शेखर मिश्र ‘सुरज’ र बिष्णु कार्की ‘बिग्रह’, कोषाध्यक्ष प्रकाश कार्की समितिको सदस्य छन ।

त्यस्तै संसदिय समितीमा केन्द्रिय सदस्य श्याम घिमिरे र शुशिला थिङ्ग, जिल्ला कार्यसमितीका निकटतम प्रतिस्पर्धि तथा निबर्तमान सभापती उज्ज्वलप्रसाद बराल, सम्बन्धीत निर्वाचन क्षेत्रका सभापती र जिल्ला कार्यसमितीका मनोनित सदस्य प्रेमचन्द्र दाहाल, गोबिन्द पहाडी, शम्भु राउत, ओलक मुक्तान र भवानी अधिकारी सम्मीलित १७ सदस्यीय समिती गठन गरिएको हो ।

नेपाली कांग्रेसको विधानमा उम्मेदवारको मनोनयन हुनुभन्दा एक महिना अगावै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने व्यवस्था छ । विधानले केन्द्रीय कार्यसमितिका सभापतिकै सभापतित्वमा केन्द्रीय संसदीय समिति गठनको व्यवस्था गरेको छ ।

सोही ढाचामा जिल्लामा पनि त्यहीअनुसार जिल्ला संसदीय समिति गठन हुने ब्यबस्था छ । जिल्ला सभापतिले कार्यसमितिका सदस्यमध्येबाट प्रस्ताव गरी जिल्ला कार्यसमितिले अनुमोदन गरेका बढीमा पाँच जना संसदीय समितिमा सदस्य हुन्छन् । सम्बन्धित जिल्लाभित्रका केन्द्रीय सदस्य पदेन सदस्य हुने व्यवस्था छ ।

प्रतिनिधिसभा क्षेत्रमा उही किसिमले संसदीय समिति गठन हुन्छ । प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिमा क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा क्षेत्र संसदीय समितिका सभापति र सचिव तथा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी प्रतिनिधिसभा क्षेत्र संसदीय समितिका पदेन सदस्य हुन्छन् ।

सभापतिले सदस्यमध्येबाट प्रस्ताव गरी कार्यसमितिले अनुमोदन गरेका बढीमा पाँच जना, सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका केन्द्रीय कार्यसमितिका सदस्य, सो निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फबाट निर्वाचित सांसद वा सांसदका उम्मेदवार पदेन सदस्य हुन्छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १४:५८

प्रतिक्रिया दिनुहोस्