ट्याङ्करले ठक्कर दिदा सिन्धुलीमा दुई घाइते, थप उपचारको लागी काठमाडौ रिफर

सिन्धुली – इन्धन ट्याङ्करले आइतबार सिन्धुलिको फाल्चुरिमा मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन ।

सिन्धुलीको कमलामाई नगरपालिका ११ फाल्चुरीमा प्रदेश–२ ०२–००१ ख ०४८९ नम्बरको ट्यांकरले प्रदेश ०२–००२ प ४१४७ नम्बरको मोरसाइकललाई ठक्कर दिएको हो ।

उक्त ठक्करबाट मोटरसाइकलमा सवार कमलामाई नगरपालिका ६ का शान्ति दाहाल र मदन काफ्ले घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाहालको करङ भाँचिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइतेको थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ । प्रहरीले ट्यांकर र ट्यांकर चालक सुशिल माझीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार ०५:२६

प्रतिक्रिया दिनुहोस्