जनप्रतिनिधि भएर सामाजिक क्षेत्रमा थप सेवा गर्ने चाहाना छ

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका १ को वडाध्यक्ष पदमा युवा उम्मेदवार दिपक घिमिरेले आफ्नो उम्मेदवारी घाेषणा गरेका छन ।

वडा नम्बर १ मा नेपाली कांग्रेस भित्र बलियो उम्मेदवारकाे रूपमा रहेका घिमिरेलाई स्थानीय युवाहरूले स्थानीय तह निर्वाचनमा सहयोग गर्ने बाचा गरे अनुरुप आफुले वडाध्यक्षमा दाबी गरेको उम्मेदवार घिमिरेको भनाइ छ । उम्मेदवारी घाेषणा गरेको बताए ।

घिमिरेले तरुण दलको राजनीतिदेखी कांग्रेस पार्टीको संगठन विस्तार र मजबुतका लागि काम गर्दै आइरहेका छन् । राजनीतिबाट जनताको सेवा गर्ने प्रमुख उद्देश्यका साथ वडाध्यक्ष पदमा आफ्नो इक्छा रहेको उनले बताए ।

पार्टी र संगठनको काम इमान्दारिताका साथ निर्वाह गर्ने र संगठन निर्माणका लागी अहम भुमिका निर्वाह गर्ने युवाको माझमा समेत आफ्नो पहिचान बनाएका घिमिरे स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएर खासगरी युवाहरू लाई स्वरोजगार र आत्मनिर्भर बनाउने, कृषी र व्यावसायिक रुपमा समुदायको बिकासलाइ केन्द्रीकृत गर्ने उनको लक्ष रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार ०९:३४

प्रतिक्रिया दिनुहोस्