घटनाका योजनाकार तथा संलग्नलाई पक्राउ नगरिएको प्रती आपत्ती

सिन्धुली – नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा योजनागत रुपमा आक्रमण गर्ने र घटनामा संलग्न तथा योजनाकारलाई प्रहरी प्रशासनले पक्राउ नगरेर झन देशीलाई थप प्रशय दिएको भन्दै स्थानियले असन्तुष्टि जनाएका छन ।

सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा गएको बिहीबार राती एमाले नेता कार्यकर्ताले कार्यालय तोडफोड, निर्वाचन प्रचारमा प्रयोग गरिएका करिव एक दर्जन सवारी साधन तोडफोड र कांग्रेसका नेता कार्यकर्तामाथी खुडा प्रहार गरेका थिए ।

आक्रमणबाट नेपाली कांग्रेसका सात जना कार्यकर्ता घाइते हुनुका साथै निर्वाचनको प्रचारमा प्रयोग गरिएका करिब एक दर्जन सवारी साधन तोडफोड भएको काँग्रेसका वडा सभापति तथा सत्तारुढ गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार जीतबहादुर भुजेलले जानकारी दिए ।

उनका अनुसार उक्त घटनाका योजनाकार तथा संलग्न व्यक्ति सोहि वडाका निवर्तमान वडाध्यक्ष तथा आउने वैशाख ३० गते हुनगईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेवाट सोही पदका उमेद्वार रितेश राउत र ग्रेह्रसरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष तथा एमाले नेता खेटराज अधिकारी हुन ।

भुजेलले भने, ‘विहिवार राति दुई जना गाडिको पछाडि सिटमा राखेर अघिल्लो सिटमा वडाध्यक्षका उम्मेदवार राउत र स्थानिय सहकार्य नेपाल नामक गैह्र सरकारी संस्थाका अध्यक्ष समेत रहेका अधिकारीले आप्mनो संस्थाको गाडि चलाएर आप्mनै संरक्षण र संलग्नमा उक्त घटना घटाएका थिए ।

घटनामा संलग्न तथा योजनाकारलाई तत्काल पक्राउ गरि आवस्यक कानुनी कारवाहीको माग सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी पेश गरिएको भएपनी प्रहरी प्रशासनले बेवास्ता गरेको र देशीलाई पक्राउ नगरिएको प्रति असन्तुष्टि रहेको कांग्रेस वडा समितीले जनाएको छ ।

कांग्रेसले जनप्रतिनिधी र एउटा गैह्र सरकारी संस्था महासंघको जिल्ला अध्यक्ष समेत रहेका एनजिओकर्मीको संरक्षणमा खुलमखुल्ला खुडा तरबारबाट सांघातिक आक्रमण हुनु, दर्जनौ सवारी साधनमाथी तोडफोड हुनु पार्टि कार्यालयमा ढुंगामुढा हुनु अक्षम्य रहेकोले तत्काल दोशीलाई पक्राउ गरि आवस्यक कानुनी कारबाही हुनुपर्ने माग राखेको छ ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता मनोजकुमार लामाले भने घटनाको दुईपक्षिय वार्तासमिति वनेको र आवस्यक छलफल भईरहेको जनाएका छन् । हामिले वार्ता समितीलाई झकझकाईरहेका छौं उनले भने विहिवार दिउँसो घटनामा संलग्न आरापित राउत र अधिकारीलाई समेत पक्राउ गरिएको थियो तर वार्ता समितिका सदस्यहरु नआउनुभएकोले उहाँहरुलाई हामिले हाम्रो निगरानिमा छाडिदियौं ।

घटनाको पिडित पक्षले भने दोशिलाई तत्काल पक्राउ गर्नुपर्ने त्यसपछी मात्रै सहमतीको आधारमा बार्ताका लागी समिति तयार रहेको जनाएको छ । उनिहरुले दोशीलाई पक्राउ गरिएको भनिएपनि प्रहरीले पक्राउ नगरिएको र पक्राउ गरिएको भनेर राति १० वजे वार्ता टोलीलाई उनिहरुलाई छाडिसकेपछी मात्रै वार्तामा आउन भनिएकोले आफुहरु वार्तामा नगएको जनाएका छन ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ०४:३५

प्रतिक्रिया दिनुहोस्