सिन्धुली – स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस तथा पाँच दलिय संयुक्त गठवन्धनबाट कमलामाई नगरपालिकाको मेयर पदका उम्मेदवार रहेका उपेन्द्र कुमार पोखरेलले समृद्ध र सम्पन्न नगर बनाउन आफुसंग महत्वपुर्ण योजना रहेको त्यसको पुर्णत कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कमलामाई नगरमा स्थापना भएका विकासका संरचनालाई संरक्षण गर्दैै आफुसंग भएका सुधारका नया योजनालाई पुर्णरुपमा कार्यान्यवन गर्ने तर्फ आफु प्रतिवद्ध रहेको उहाँले वताउनुभएको ।
कमलामाई नगरले यो पाँच वर्षको कार्यअवधीमा नगरवासीको ढांड सेक्नेगरी यहाँका नागरिकमा थोपरेको करको दायरालाई सवै नागरिकको पहुँचमा रहनेगरी ५० प्रतिशत घटाउने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाई छ । पाँच कठ्ठा भन्दा कम जमिन भएका ग्रामीण किसानका लागि सबै किसिमको कर छुट गराउनेछु उहाँले भन्नुभयो ।’
उहाँले नगर भित्रका गरिब घरधुरिको पहिचान गरि ३ महिना सम्म खानपुग्ने परिवारको लागि बर्षदिन सम्म खान पाउने वा पुग्ने कुराको सुनिश्चितता गराउन आफु लागी पर्ने वताउनुभयो । प्रभावित परिवारको तथ्यांक सकलन गरि बर्षदिन भन्दा कम खान पुग्ने परिवारहरुलाइ सिपमुलक तालिमगोष्ठिको ब्यवस्था मिलाइ स्वरोजगारको अवसर दिलाई विभिन्न पेशा ब्यवसाय सन्चालनको लागि आर्थिक अनुदानको ब्यवस्था मिलाउने समेत उहाँको योजना छ ।
नगरपालिका भित्रका अब्बल र जेहेन्दार विद्मार्थी चार जना २ जना पुरुष २ महिला लाइ नगरपालिकामा चिकित्सा बिज्ञान क्षेत्रमा अध्ययनको लागि छात्रवृत्ति कोष खडा गरि अध्ययनको ब्यवस्था मिलाउने र त्यसले गर्दा नगर भित्र रहेको स्वास्थ्य सम्बन्धि मानवस्रोत बिकासमा टेवा पुग्ने उहाँको विस्वास छ ।
पहिचान गरिएका गरिब घरधुरिका परिवारको लागि प्रयोग गरिएको खानेपानी तथा बिधुत महसुल पुर्ण रुपमा मिनाहा गर्ने समेत आफ्नो योजना रहेको उहाँको भनाई छ । कमलामाई नगरलाई हरित नगरको रुपमा विकास गर्ने, नगरसंग जोडिएका हरेक समुदाय सम्म पुग्ने सवै क्षेत्रका सवै सडकलाई कालोपत्रे गर्ने र सवै वडामा पुगेका अव्यवस्थित सडकमार्गलाई स्तरउन्नती गर्ने, नगरपालिका स्तरका सवै शिक्षालय तथा प्राविधिक विधालयलाई प्रविधीसंग जोड्दै आर्थिक अनुदान दिने व्यवस्था मिलाउदै उत्पादित जनशक्ति लाई रोजगारको सुनिश्चितता गराउने आफ्नो योजना रहेको उहाँको भनाई छ । उहाँले शिक्षा, स्वास्थ, खानेपानि, रोजगारी, संचार लगाएतको क्षेत्रमा नगरले उदाहरणिय कार्य गर्ने र सवै नागरिकलाई यसको पहुँचमा स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो ।