सार्बजनिक सम्पत्तिमा उम्मेदवारको चरम लापरबाही

सिन्धुली – नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण जुनार सुपरजोन परियोजनाको पछिल्लो संचालक समितिको गठन २०७५ पौष १२ गते गोविन्द लुङ्गेलीको अध्यक्षतामा सम्पन्न भयो ।

यस संचालक समितिको कार्यअवधि जुनार सुपरजोन कार्यसमिति गठन कार्यबिधि अनुसार २०७७ पौष १२ गतेनै सकिईसकेको छ । तर, यस संचालक समितीले आफ्नो कार्यअवधि सकिएको दुई बर्ष पुरा भईसक्दापनि कुनै साधारण सभा तथा अधिवेशन गर्नतर्फ ध्यान दिएको छैन ।

त्यतीमात्रै नभएर ०७७ पौष १२ गते नै सम्पन्न भइसकेको कार्यकालमा यस अघि संचालक समितिले कुनै भेला नवोलाई अडिट करचुक्ता नगरी संस्थालाई निष्क्रिय वनाई सोको मातहतमा रहेका श्रोत सम्पती पार्टिको प्रचार तथा निजी लाभको लागी उपभोग गरिरहेको स्थानियले आरोप लगाएका छन् ।

जुनार सुपरजोन परियोजनाको संचालक समिति र कमलामाई नगरपालिका -४ मा रहेको जुनार उत्पादन विक्री तथा शितभण्डार कृषि सहकारी संस्था विच २०७७ असार १४ गते एक लिखित सम्झौता भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण जुनार सुपरजोन परियोजनाले ८५ प्रतिशत अनुदान सहयोगमा संचालक समतिको नाममा खरिद गरेको सिङ्गल क्यापको वुलेरो गाडि शितभण्डार कृषि सहकारी संस्थाले लगानि गरेको १५ प्रतिशत र अन्य खर्च सहितको यथार्थ विल भरपाई वुझरत भएपछी सुपरजोनलाई नै प्रयोगका लागी गाडि उपलव्ध गराउने लिखित सम्झौता भएको थियो ।

तर हाल शितभण्डार प्रयोग विहिन रहेको अवस्थामा गाडि खरिदका लागी शितभण्डारले लगानि गरेको रकमको विल भरपाई समेत सार्वजनिक नगराई उक्त सुपरजोन संस्थाको नाममा रहेको गाडि निजी लाभ तथा पार्टि प्रचारप्रसारको लागी प्रयोग भईरहेको स्थानियको गुनासो रहेको छ ।

लिखित सम्झौता पछि जुनार सुपरजोनलाई हस्तान्तरण गरिएको गाडिमा आउने आर्थिक तथा प्रशासनिक खर्च स्वयं जुनार सुपरजोनले व्यहोर्ने सम्झौतामा उल्लेख छ । तर उक्त गाडिको कुनै किसिमको खर्च तथा विवरण जुनार सुपरजोनमा खोज्ने हो भने अहिले भेटिदैन ।

वरु उक्त गाडि गोलन्जोर गाँउपालिका वडा नं. ५ को नेकपा एमालेवाट स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका सोही जुनार सुपरजोनका संचालक समिती अध्यक्ष समेत रहेका गोविन्द लुङ्गेलीले पार्टि प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् ।

दुई वर्ष अघिनै समितिको कार्यकाल सकिएको भएपनि संस्थाले गरेको कुनै पनि प्रशासनिक तथा आर्थिक गतिविधी सार्वजनिक नगरी संस्थालाई गुमनाम राख्ने काम अध्यक्षबाट भएको स्थानियले गुनासो गरेका छन् ।

साथै उक्त सुपरजोनको नाममा रहेको गाडिबाट व्यक्तिगत लाभका लागी मासिक ६० हजार रुपैँयामा गाडि भाडामा लगाईएको र त्यसको चार वर्षको कुनैपनि हिसावकिताव संचालक समितीबाट भएको छैन ।

जसले एउटा संस्थाको समितीलाई यो अभिगत वनाएको छ उसले स्थानिय तहमा जनप्रतिनिधी भएर कसरी नेतृत्व गर्न सक्छ ? यो स्थानिय नागरिकको चासो र चिन्ताको विषय हो संचालक समितीकै एक सदस्यले गुनासो गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ०५:५५

प्रतिक्रिया दिनुहोस्