पराजयको मानसिकतामा एमालेले अराजकता निम्त्यायो: कार्की

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नं. ५ मा सयँुक्त गठवन्धनको चुनावी कार्यक्रमलाई विथोल्न खोज्ने नेकपा एमालेको उक्षृङ्खल समुहलाई कारवाही गरि शान्ति सुरक्षा प्रत्याभुती दिलाउन जिल्ला प्रशासन कार्यालयलाई सयुक्त गठवन्धन समुहले आग्रह गरेको छ ।

चुनावि गठवन्धन दलले सोमवार उक्त गाँउपालिकाको वडा नंं. ५ खनियाखर्कमा सयुक्त चुनावि कार्यक्रम आयोजना गरेको थियो । उक्त चुनावि कार्यक्रम शान्तिपुर्वक सम्पन्न भईरहदा कार्यक्रमको अन्त्यमा नेकपा एमालेका नेता कार्यकर्ताले कार्यक्रम स्थलमा एमाले अंकीत झण्डा प्रयोग गरिएको मोटरसाईकल र गाडि ओहोरदोहोर गराएर कार्यक्रम विथोल्ने प्रयास गरेका थिए ।

चुनावि कार्यक्रममा मोटरसाईकलमा राखिएको चारतारा अंकित झण्डालाई उक्त उक्षृङ्खल समुहका कार्यकर्ताले च्यातिदिएपछी र कार्यक्रमको भिडको वेवास्ता गर्दै भिडमा विना हेल्मेट सवारि चलाईरहेका मोटरसाईकल चालकहरुले सडक छेउमा रहेका गठवन्धनका कार्यकर्तालाई ठक्कर दिएपछी झडपको स्थिती सृजना भएको हो ।

स्थानिय गठवन्धनको नेता कार्यकर्ताको आग्रहमा गठवन्धन समुहले विनाशर्त उक्त उक्षृङ्खल समुहलाई छाडिदिएपनी सो समुहले पुनः प्रतिकार गर्न खोज्दा केहि समय कार्यक्रम स्थल तनावग्रस्त वनेको थियो ।

आयोजक सयुक्त चुनावि गठवन्धन दलले शान्तिपुर्वक आयोजना गरेको चुनावी सभालाई सोही वडाका वडाध्यक्ष गोविन्द लुङ्गेलीका छोरा शंकर लुङ्गेलीको नेतृत्वमा गठबन्धनका कार्यकर्तालाई भौतिक प्रहारको मनसिकतामा उपस्थित साधारण सर्वसाधारणलाई ज्यानै लिने गरि विभिन्न खाले शारिरिक वन्धक वनाएको भन्दै गठवन्धन दलले विरोध गरेको थियो ।

मतदाता सर्वसाधारणलाई संविधानले प्रस्तुत गरेको मौलीक हक र अधिकार कुठिंत गर्ने मनसायले सम्पुर्ण मतदाता तथा स्थानियलाई उक्त घटनाका कारण क्रसित वनाईएको भन्दै उक्त अराजक समुहलाई २४ घण्टा भित्र नियन्त्रण गरि आवस्यक कानुनी कारवाही गर्न निवेदन दिईएको गोलन्जोर गाँउपालिकाका अध्यक्षका उम्मेद्वार पुष्पवहादुर कार्कीले वताउनुभयो ।

उक्त अराजक गतिविधीका योजनाकार नेकपा एमालेवाट गोलन्जोर ५ का वडाध्यक्ष पदका उम्मेद्वार गोविन्द लुङ्गेलीका छोरा शंकर लुङ्गेली सहित अन्य अराजक व्यक्तिहरुको पहिचान गरि आवस्यक कानुनी कारवाहीको लागी गठवन्धन दलले सयुक्त हस्ताक्षर गरि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको गोलन्जोर गाँउपालिका वडा नं. ५ का नेपाली कांग्रेसवाट वडाध्यक्ष पदका उम्मेद्वार वुद्धिवहादुर पाल्पाली खड्काले वताउनुभयो ।

सयुक्त गठवन्धनको चुनावी कार्यक्रममा उपस्थितीको अवस्थालाई देखेर पराजयको मानसिकतामा उक्त अराजक गतिविधी नेकपा एमलेका नेता कार्यकर्ताले गरेको गठवन्धन दलको ठहर छ । २४ घण्टा भित्र दोशीलाई पक्राउ गरि कारवाहीको प्रक्रिया अघि नवढाईए चुनावी सयुंक्त गठवन्धनका दलले अन्य थप आन्दोलनको कार्यक्रम अघि सार्ने गाँउपालिका अध्यक्षका उम्मेद्वार पुष्पवहादुर कार्कीले वताउनुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १७:४३

प्रतिक्रिया दिनुहोस्