सिन्धुली – पाँच दलिय संयुक्त गठबन्धनबाट गोलन्जोर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पुष्पबहादुर कार्कीले पालिका भित्रका बिकासका संरचनाहरु अबको पाँच बर्षभित्र प्रष्टरुपमा देखिने बताउनुभएको छ ।
पहिलो पाँच बर्षको कार्यकाल निती निर्माण र बिकासका प्रारम्भिक संरचना निर्माणको लागी खर्चिनुपरेको बताउदै उहाले अबको पाँच बर्षको कार्यकाल आखाले देखिने बिकासमा आफुले काम गर्ने बताउनुभयो ।
आफुले पहिलो प्राथमिकतामा नागरिकको नैसर्गिक अधिकार भित्र शिक्षा, स्वास्थ्य, खानेपानी र गाँस, बास, कपासको सुनिश्चित हुने गरि सबै पालिका भित्रका नागरिकलाइ उक्त सेवाको पहुँचमा राख्ने बताउनुभयो ।
देशले भोगेका महाबिपत्तिहरु भुकम्प, कोरोना महामारी, बाडी पहिरो र भूक्षयले जर्जर बनाएको पालिकालाई पहिलाकै संरचनामा यथावत बनाउन र संरचना पुनः निर्माणका लागी पालिकाले गएको पाँच बर्षमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
प्रारम्भिक बिकास र समृद्धिका आयोजनाहरुको प्लानिङ र डिपिआर तयार रहेकाले अबको पाँच वर्षभित्र उक्त योजनाहरु कार्यान्वयनको चरणमा रहने उहाँको भनाइ छ ।
गाउँपालिकाको अबको आफ्नो नेतृत्वमा बन्ने स्थानिय सरकारले पालिका भित्रका सुगर र प्रेसरका बिरामीले निशुल्क स्वास्थ्य जाँच र औषधि पाउने उहाँको प्रतिबद्धता छ । त्यस्तै उहाँको योजना अन्तर्गत पालिका भित्रका सबै परिवारले उपभोग गर्ने विद्युत महशुलमा प्रती २० युनिट मुनिको महशुल मिनाहा गर्ने योजना छ ।
चक्लाबन्दी खेतीलाई बिस्तार गर्दै सिट्रस ग्रीनिङ रोगबाट प्रभाबित बनेको जुनार खेतीलाई ब्यबस्थित गर्दै जुनारको बजारीकरण र उत्पादनमा सहयोग पुगोस भन्दै प्रत्येक जुनारको बोटको बिमा गराउने अध्यक्षका उम्मेदवार कार्कीले बताउनुभयो ।
भुकम्पको समयमा सबै जसो घरको पुननिर्माण गर्नुपर्ने अबस्थामा डुवानिको लागी प्रत्येक घरमा पुगेका सडक संजालको स्तरउन्नती गरि सबै परिवारलाइ ब्यबस्थित सडक संग जोड्ने उहाँको लक्ष रहेको छ ।
पालिका भित्र जुत्ता कलकारखाना उत्पादनको सम्झौता भएकोले उक्त उद्योग संचालन पश्चात् रोजगारिका प्रशस्त अबसर रहने, र्याफ्टिङ संचालन, साइकलजोन निर्माण, जुनारक्षेत्रमा होमस्टे संचालनको कार्यान्वयन चरणमा रहेकोले पर्यटनको आधार निर्माण हुने र पालिकालाइ समृद्ध बनाउन सकिनेमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।









