मतदान अधिकृत बेखबर: मतदान केन्द्रबाटै कर्मचारी गाएव

सिन्धुली – मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र छोडेर भोट हाल्न भनेर अर्को मतदान केन्द्र गएका छन । गोलन्जोर गाउँपालिका वडा नम्बर -५ स्थित नयाखर्क मतदान केन्द्रमा खटिएका प्रशान्त लुङ्गेली मगर आफ्नो तोकिएको मतदान केन्द्रमा काम गर्न छोडेर मतदान हुँदै गर्दा कर्मचारी बाहिरिएका हुन ।

मतदान अधिकृत शत्रुधन यादबले उक्त कर्मचारीले पाँच मिनेटको लागी बिदा मागेर गएका बताए । तर उक्त कर्मचारि लुङ्गेली मगर अढाइ घण्टा हुदापनी मतदान केन्द्र प्रबेश गरेका छैनन ।

प्रत्यक्षदर्शीका अनुसार उक्त मतदान केन्द्रबाट बाहिरिएका कर्मचारी गोलन्जोर गाउँपालिकाकै वडा नम्बर -५ को जनता माबी खनियाखर्कमा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेको बताए ।

पाँच मिनेटको लागी बिदा लिएर गएका कर्मचारी खनियाखर्कमा रहेको मतदान केन्द्रमा भोटहाल्न पुगेका हुन । यता नयाँखर्क मतदान केन्द्रका मतदान अधिकृत सत्रुधन यादबले भने गैह्रजिम्मेवार ढंगले जवाफ दिएका छन ।

उक्त मतदान केन्द्रका कर्मचारीले पनि आफ्नो पायक परेको ठाउमा मतदान गर्न जान पाउनुपर्ने, मतदान केन्द्रका अधिकृतले यसको सार्वजनिक रुपमा जवाफ दिनुपर्ने र दोशीलाई कानुनी कारबाही हुनुपर्ने स्थानियको माग रहेको छ ।

यद्यपि मतदान प्रक्रिया भने चलिरहेको छ । हालसम्म वडा नम्बर -५ को नयाखर्कमा रहेको दुई बुथमा ७५० मत खसेको छ । यो मतदान केन्द्रमा जम्मा मत संख्या ११६४ रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०९:४७

प्रतिक्रिया दिनुहोस्