कमलामाइको इतिहास रच्ने कांग्रेसका पोखरेल

सिन्धुली –​ दशकौंदेखि कम्युनिस्ट सत्ताको एकछत्र राज रहदै आएको सिन्धुलीको सदरमुकाम स्थित कमलामाइ नगरपालिकामा पहिलोपटक कांग्रेसको नेतृत्व उदय भएको छ । कमलामाइ नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल विजयी बन्दा उपप्रमुखमा भने एमालेकी मन्जु देबकोटाले चुनाव जितेकी छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका खड्ग खत्रीसँग २ हजार ७ सय ६४ मत अन्तरमा पराजित भएका पोखरेलले यसपटक एमालेका उम्मेदवार महेन्द्रदेब श्रेष्ठलाई पछि पार्दै एक हजार ६ सय ११ मतको अन्तरले निर्वाचन जितेका हुन् ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पोखरेलले एमालेका महेन्द्रदेब श्रेष्ठलाई पराजित गरे । पोखरेलले १४ हजार १८७ मत प्राप्त गरे भने एमाले उम्मेदवार महेन्द्रदेब श्रेष्ठले १२ हजार ५७६ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा एमालेकी मन्जु देबकोटा १२ हजार ६९४ मत प्राप्त गरि बिजयी बनिन भने उनको निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत प्राप्त गरि पराजय भोगे । उपप्रमुख देबकोटा ८ सय ५३ मतअन्तरमा बिजयी बनेकी हुन ।

कगरपालिकाको वडाहरुमा भने एमालेले ३,७,८,११,१२,१३ र १४ जितेको छ भने कांग्रेसले १,४,५,६,९ र माओवादी केन्द्रले २ र १० नम्बर वडामा विजयी हासिल गरेका छन ।

पछिल्लो समयमा नेकपा एमालेले कमलामाइ नगरपालिकालाइ आफ्नो पकड पालिकाको रुपमा रहेको र स्थानिय तहको दोस्रो निर्वाचनमा समेत फराकिलो मतान्तरले जित्ने दाबी गर्दै आइरहेको थियो ।

तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको कम्युनिस्ट तथा एमालेको विरासतलाई ढलाएका पोखरेलको जितले कमलामाइ नगरपालिकामा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १२:५६

प्रतिक्रिया दिनुहोस्