सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उज्ज्वल कुमार थापा बिजयी भएका छन । निर्वाचित वडाध्यक्ष थापा पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार रहेका थिए ।
जिल्लाको कुल ७९ वडामध्ये अन्य ७८ वडाध्यक्षको प्राप्त मत अन्तर भन्दा थापा सबैभन्दा बढी मत अन्तरले वडाध्यक्ष पदमा निर्वाचित भए । उनले ९ सय ६० मतको अन्तरले एमालेका प्रत्यासी दिनेश दाहाललाई पराजित गराएका हुन ।
कमलामाइ नगरपालिका वडा नम्बर ६ को कुल मतदाता संख्या ४५ सय ५९ मध्ये यस स्थानिय तहको निर्वाचनमा २८१७ मत खसेको थियो । जसमा गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले १७२६ मत प्राप्त गरि बिजयी बने भने निकटतम प्रतिस्पर्धी एमालेका दिनेश दाहालले जम्मा ७६६ मत मात्रै प्राप्त गरे । त्यस्तै, राप्रपाका बैकुण्ठ थापाले ६४ मत प्राप्त गरेका छन ।
वडाध्यक्ष थापाको नेतृत्वमा उक्त वडामा सम्पुर्ण प्यानल निर्वाचित भएको छ । वडासदस्यमा उत्पल खड्का, खड्गध्वज कार्की, महिला सदस्यमा कुशुम तामाङ र दलित महिला सदस्यमा निर्मला परियार समेत भारी मतले बिजयी भएका छन ।
बैशाख ३० गते सम्पन्न यस स्थानिय तहको निर्वाचनमा लोकप्रिय मतले बिजयी बनेका थापा गएको २०७४ सालको निर्वाचनमा समेत यसै वडाको वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन । यसअघि एमालेका प्रत्यासी लेखबहादुर थापालाइ पराजित गराउदै उनी वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाटै निर्वाचित भएका हुन ।
उनका प्रत्यासी लेखबहादुर थापाले ९ सय ३७ मत प्राप्त गरेका थिए भने उनले ११ सय १७ मत प्राप्त गरि बिजयी बनेका थिए । उक्त २०७४ को निर्वाचनमा नेकपा माओबादी केन्द्रले २ सय २३ मत प्राप्त गरेको थियो भने राप्रपा नेपालले ३४ मत प्राप्त गरेको थियो ।
अत्यन्त लोकप्रिय मत प्राप्त गरि दोस्रो पटक निर्वाचित भएका थापाले आम वडाबासीले आफुप्रती बिश्वास गरेर दिएको मतलाई आत्मसाथ गरेर यो पाँच बर्ष थप रचनात्मक काम गर्ने उल्लेख गरे ।
वडाबासीको निशुल्क स्वास्थ्य बिमा, निम्नस्तरको बालबालिकालाइ शिक्षामा पहुच, महिला, जेष्ठ नागरिक अपांगता भएका ब्यक्तीको स्वास्थ्य उपचार लगाएतको काम अबको यो कार्यकालमा गर्ने उनको प्रतिबद्धता छ ।