हामी समृद्ध तिनपाटनको साझा उदेश्य लिएर काम गर्छौं

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष कर्ण थापामगरले तिनपाटनमा अब गफ गर्ने नभएर काम गर्ने प्रतिनिधीको संरचना निर्माण भएको बताउनुभएको छ ।

तिनपाटन बासीले काम गर्नकै लागी स्पष्ट बहुमत दिएर जनप्रतिनिधी चुनेको बताउदै थापाले अबको पाँच बर्ष समृद्ध तिनपाटनको साझा उदेश्य लिएर आफुले काम गर्ने बताउनुभयो । यो साझा उदेश्यमा सबै निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाइ र कार्यालयका कर्मचारीलाई मन बचनले सकारात्मक सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

सोमबार थापाले एक औपचारिक कार्यक्रमको बिच दोश्रो कार्यकालको लागी पदभार ग्रहण गर्नुभएको हो । साथै उहाले निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाइ पदभार ग्रहण तथा गोपनियताको सफत खुवाउनु भएको थियो ।

सफत तथा पदभार ग्रहण पछि कार्यक्रममा सम्बोधन गर्दै थापाले अबको पाँच बर्ष काम गर्नको लागी कुनै पनि बहाना ब्यर्थ रहने औल्याउँनु भयो । उहाँले भन्नुभयो, ‘हामि कोहि जनप्रतिनिधीलाई अब कुनै हालतमा कुनै बहानाले पन्छिने छुट छैन, तिनपाटनबासीले अत्यन्त बिश्वासले मत दिनुभएको छ, त्यो बिश्वासको मतलाई हामिले काम गरेर प्रमाणित गर्नुपर्दछ ।’

तिनपाटन बासीलाई हिजो किन कसरी काम गर्ने सिलसिलामा अबरोध भयो ? किन प्रतिबद्धता अनुरुप काम पालिकाबाट हुन सकेन भन्ने कुराको जवाफलाइ नै आम जनताले बुझेर यो पटक जनप्रतिनिधि चुनेको थापाको भनाइ छ ।

त्यसैले पाँच बर्षपछीको जवाफलाइ ध्यानमा राखेर सबैले आफ्नो क्षेत्रमा काम गर्नुपर्ने उहाको धारणा छ । तिनपाटन गाउँपालिकाले उक्त सफतग्रहण कार्यक्रम संगै निबर्तमान जनप्रतिनिधिहरुलाई सम्मान-पत्र सहित बिदाई समेत गरेको छ ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा थापा दोश्रो पटक जिल्लाको तीनपाटन गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष थापा यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत पालिका अध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो ।

नबनिर्वाचित थापाले ९ हजार २ सय ३९ मत प्राप्त गरि अध्यक्षमा बिजयी हुन भएको हो । थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार छत्र बहादुर दाहालले ८ हजार ४२ मत प्राप्त गरि पराजय भोगेका हुन । 

त्यस्तै, गठबन्धनबाटै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धन बहादुर पुलामी (अशोक)  ८ हजार ३ सय ९९ मतले बिजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेकपा एमाले पदकी उम्मेदवार पदम माया तामाङ ७ हजार ९ सय ८ मत ल्याई पुलामीसँग पराजित हुनु भएको छ । उपाध्यक्षका उम्मेदवार तामाङ यस अघि यसै पालिकाको निर्वाचित उपाध्यक्ष हुन ।

तीनपाटन गाउँपालिकाको ११ वडा मध्ये २,३,४,६,७,८,९,१० र ११ मा नेपाली काँग्रेस (गठबन्धन) ले जित हासिल गरेको छ भने नेकपा एमालेले पालिकाको १ र ५ वडामा खुम्चिएको छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १६:५८

प्रतिक्रिया दिनुहोस्