सिन्धुली – २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडासदस्य पदमा निर्वाचित भइ जिल्ला समन्वय समिती सिन्धुलीको संयोजकमा नेकपा एमालेबाट निर्वाचित भएका पात्र हुन शंकरराज बर्मा तिवारी ।
तत्कालीन समयमा उनी दुधौली नगरपालिका वडा नम्बर -३ बाट निर्वाचित वडा सदस्य थिए । पाँच बर्षे कार्यकाल ब्यतित गरेर पुनः उनी समन्वय समितीको संयोजक हुने मनस्थितिमा थिए ।
सोही मनस्थिती अनुरुप उनी भर्खरै सम्पन्न बैशाख ३० को स्थानिय तहको निर्वाचनमा समेत वडा सदस्य पदका लागी उम्मेदवारी दिए । सोही वडामा वडा सदस्य पदमा उम्मेदवारी दिएका बर्मा तिवारीलाई यो पटक कालापानीबासीले भने पत्याएनन ।
फलस्वरूप बर्मा तिवारीले वडा सदस्य पदमै पराजय बेहोर्नु पर्यो । उनी प्रतिस्पर्धीको रुपमा रहेको वडामा यो पटक नेपाली काङ्ग्रेसको सम्पुर्ण प्यानल नै बिजयी बनेको छ ।
नेकपा एमाले र नेपाली काँग्रेसको गठवन्धनवाट जिल्ला समन्वय समितीको प्रमुखमा शम्भु राउत र उप-प्रमुख वर्मालाई वनाउने आन्तरिक सहमती भएको माओवादी केन्द्रले सुइँको पाएपछी काँग्रेस संगको गठवन्धन तोडिएर एमालेका बर्मा समन्वय प्रमुख र माओबादी केन्द्रकी सम्झना अधिकारी उप-प्रमुखमा निर्वाचित भएका थिए ।









