गोलन्जोर सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

सिन्धुली– ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ बर्षिय सिन्धुलीका एक किशोरले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएका छन ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका– ४ डुंग्रेका १८ वर्षिय डोर बहादुर खपांगी मगरले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ज गराएका हुन ।

खपांगीले विश्वको सबैभन्दा होचो बाँच्ने पुरुष किशोरको बिश्व कीर्तिमानी बनाएका हुन । उहाँलाई एक कार्यक्रमका बिच काठमाडौँमा गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ ।

खपांगीलाई दाइ नरबहादुर र नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले अवार्ड समारोहमा पुर्याएका थिए । गिनिज वर्ल्ड रेकर्डले आयोजना गरेको समारोहमा सीईओ रेग्मीले खपांगीलाई विश्व किर्तिमानिको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

‘सबैभन्दा होचा किशोर जीवित (पुरुष) डोरबहादुर खपांगीको जन्म (नेपाल, जन्मः १४ नोभेम्बर २००४) हो जसको १३ मार्च २०२२ मा काठमाडौँमा ७३.४३ सेन्टिमिटर (२ फिट ४.९ इन्च) औसत मापन गरिएको छ ।’ गिनिज वल्र्ड रेकर्ड प्रमाणपत्रमा लेखिएको छ ।

खपांगी हाल बाल आधारभुत विद्यालय गोलन्जोर -४ मा कक्षा एकमा अध्यनरत छन । खपांगीका सात जना दाजुदिदि छन् । उहाँ सबैभन्दा कान्छो हुन । जिल्ला प्रशासन सिन्धुलीमा नागरिकता बनाउन आउँदा उहाँको तस्बिर खिचिएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार ०५:००

प्रतिक्रिया दिनुहोस्