निर्वाचित भएदेखि नै स्थानिय तहमा छैनन जनप्रतिनिधी

सिन्धुली – भनिन्छ, लोकतन्त्रको सबैभन्दा सुन्दर र सुखद पक्ष भनेकै आवधिक निर्वाचन हो र जनादेशको नवीकरण पनि हो । लोकतान्त्रिक शासन व्यवस्थामा जनता स्वयंबाट आफूमाथि शासन गर्ने शासकरूपी जनप्रतिनिधि चयन गर्ने पद्धत्ति नै निर्वाचन हो ।

वास्तवमा स्थानीय निकाय भनेको स्थानीय सरकार नै हो । संघीय संरचनाअन्तर्गत मुलुकले फट्को मारेका कारण विगतमा सिंहदरबारसम्म धाउनुपर्ने कतिपय मसिना कामकारबाही अथवा स्थानीय स्तरका योजनाको तर्जुमासमेत स्थानीय निकायबाटै हुने व्यवस्था गरिएको पाइन्छ ।

गाउँघरमा आइपर्ने प्राकृतिक विपत्तिबाट क्षति हुन गएका संरचना वा धनजनको सन्दर्भमा केन्द्रमै डेलिगेसन जानुपर्ने सानातिना मुद्दाका लागि जिल्लाका सदरमुकामका अदालतमै धाउनुपर्ने जस्ता असुविधा र कठिनाइ अब भोग्नु नपर्ने गरी सम्बन्धित कानुनमा स्थानिय निकायलाई अधिकार सम्पन्न तुल्याइएको छ ।

नागरिकलाई गाउँ-गाउँमा सिंहदरबारको अनुभूति दिलाउने गरि वडावडामा निर्वाचित भएका जनप्रतिनिधी अहिले आफुले चुनाबको बेला गरेको प्रतिबद्धता अनुरुप नयाँ जोस र उमंगको साथ हरेक वडा कार्यालय तथा स्थानिय तहमा देखिन्छन ।

कति नागरिकले त जनप्रतिनिधीको यो चाम, दौडधुप देखेर पाँच बर्षको कार्यकालमा समाजमा हुने बिकास योजनाहरुको अड्कलबाजी समेत गर्न भ्याइसकेका छन भने कतिले नया जोगिले बढी खरानी धस्छ भनेर व्यंग्य गरिरहेका छन । खैर, जे होस जनप्रतिनिधिलाई अहिले स्थानिय तहमा रुझ्न भिज्न आफ्नो तर्फ माहौल बनाउन भ्याइनभ्याई नै छ ।

तर, सिन्धुलीको एक स्थानिय तहका जनप्रतिनिधिहरु भने सबै चुनाबी बाचा प्रतिबद्धता छोडेर निर्बाचित भएको मिति देखि नै भ्रमणमा रमाइरहेका छन । यहाँको कमलामाइ नगरपालिकाको विभिन्न वडा तथा पालिकामा निर्वाचित भएका जनप्रतिनिधी अहिले कुनै वडा तथा पालिकामा भेटिदैनन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गरेसंगै नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी मन्जु देबकोटा र नेकपा एमालेबाट निर्वाचित भएका विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु भ्रमणका लागी पुर्बी क्षेत्र निस्किएका हुन ।

कमलामाइ नगरपालिका -८ का एक स्थानियले अंकपत्रलाइ भने नयाँ जनप्रतिनिधी आएको खुशियालीमा वडा कार्यलयमै गएर बधाई र स्वागत गर्न माला गासेर लिएर गएको जनप्रतिनिधिहरु त भ्रमणमा निस्किसकेछन । उनले भने बधाई दिन भनेर लिएर गएको माला त लगाउन नपाइ आफैले फर्काउनु पर्‍यो भने काम लिएर गएका जनताले कसरी सेवा पाउँछन् होला ?

कमलामाइ नगरपालिकाको उपमेयर सहित एमालेले जितेका कुनै पनि वडाका अध्यक्ष देखि सदस्य सम्म अहिले वडा तथा नगरपालिकामा भेटिदैनन । जसको कारण गाउँगाउँमा पुगेको सेवा तथा स्थानिय सरकारको अनुभूति यहाँका नागरिकले तत्काल महसुस गर्न पाएनन ।

वडा कार्यालयबाट तथा नगरपालिकाको न्यायिक समिती तथा अनुगमनको अधिकार प्राप्त निकायबाट स्थानिय नागरिकले सेवा लिन नपाउदा स्थानिय रुष्ट बनेका छन । आर्थिक बर्षको अन्त्यमा स्थानिय तहबाट हुने सेवाप्रवाह अझ चुस्त दुरुस्त हुनुपर्नेमा स्थानिय तहमा जनप्रतिनिधी नै नहुदा स्थानिय तहबाट हुने कार्य सम्पादन प्रभाबित बनेको छ ।

कमलामाइ नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन नजिकिएपछी आफ्ना मतदातालाइ प्रभाबित पार्न जनप्रतिनिधीलाई रातारात भ्रमणमा पार्टिले लिएर हिडेको हुनसक्ने स्थानियले अनुमान गरेका छन ।

कमलामाइ नगरपालिकाको १४ वडामध्ये एमालेले ७, कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडामा विजयी भएको छ । एमालेले वडा नं ३, ७, ८, ११, १२, १३ र १४, कांग्रेसले वडा नं १, ४, ५, ६ र ९ तथा माओवादी केन्द्रले वडा नं २ र १० मा विजयी भएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:२२

प्रतिक्रिया दिनुहोस्