अवैध काठ निकासिका लागी झुटो आरोपको मुद्धा

सिन्धुली । महिलालाई अभद्र व्यवहार गरेको झुटो आरोपमा एक व्यक्तिलाई प्रहरिले पक्राउ गरेको छ । मरिण गाँउपालिका –३ मथौली निवासी एकल महिला लुकुमाया श्रेष्ठलाई अभद्र व्यवहार गरेको भनि झुटो आरोप लगाउन लगाई मरिण गाँउपालिका –३ का वडा अध्यक्ष बिमर्ष मोक्तान (प्रख्यात) लगाएतले स्थानिय जितबहादुर मोक्तानलाई जिल्ला प्रहरि कार्यालय सिन्धुलीमा बुझाएका हुन् ।

अवैध काठ निकासिका लागी झुटो आरोपको मुद्धा
जितवहादुर मोक्तान स्थानिय बुद्ध सामुदायिक बन उपभोक्ता समिति मथौलीका अध्यक्ष हुन् । उनको अध्यक्षको कार्यकाल नसकिदै वडा अध्यक्ष प्रख्यातले जवरजस्ती नितिविपरीत स्थानिय नारायण थिङ्गलाई सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष वनाए ।

तत्कालिन समयमा अत्यधिक बर्षाका कारण बुद्ध सामुदायिक बन उपभोक्ता समिति मथौलीको बनक्षेत्र भित्रमा सातधारा खण्ड अन्र्तगत पर्ने साङ्बाले–बखवर सडक निर्माण गर्दा सडक अवरुद्ध हुनेगरी साल तथा पुजातिका रुखहरु ढले ।

सडक आवतजावत गर्न स्थानियलाई वढि जोखिम हुनुका साथै कुशेश्वर मा.वि नक्कली जाने र आउने विधार्थीलाइ समेत त्रास हुन थालेपछी तत्कालिन सामुदायिक वनका अध्यक्ष भेषराज शारुमगरको संयोजकत्वमा जोखिमयुक्त रुखहरु ढालि सडकको किनारामा राख्ने निर्णय भयो ।

सोहि निर्णय अनुरुप जोखिमयुक्त २६ पुजाति र सालका रुखहरुलाई ढालि सामुदायिक बनको क्षेत्राधिकार भित्र पर्नेगरि सडकको किनारामा उक्त रुखहरुको व्यवस्थापन गरिएको तत्कालिन सामुदायिक वनका अध्यक्ष भेषराज शारुमगरले बताए ।

अध्यक्ष शारुमगरका अनुसार खतरायुक्त रुखहरुलाई वन ऐन नियम अनुसार जिल्ला डिभिजन बन कार्यालयमा कारबाहिको माग बमोजिम ढलेका र ढल्न खोजेका रुखलाई व्यवस्थापन गरिएको हो ।

व्यवस्थापन गरिएका रुखहरुलाई मरिण गाँउपालिका –३ का वडा अध्यक्ष बिमर्ष मोक्तान (प्रख्यात)ले आप्mनो खुशी निर्णय गराई सामुदायिक बनको अध्यक्ष समेत बनाएका नारायण थिङसंग मिलेमतो गरी उक्त काठ बिक्री गराएका स्थानिय कर्मसिंह थिङ्गले बताए ।

स्थानिय कर्मसिंह थिङ्गका अनुसार समितिले मानिरहेका सामुदायिक बनका अध्यक्ष जितवहादुर मोक्तानले उक्त काठ विक्रि गरेको थाहा भएको र जिल्ला बन कार्यालयमा उजुरी गर्छु भनेपछी उनलाई स्थानिय एक एकल महिलालाई फकाएर आफुलाई अभद्र व्यवहार गरेको हो भनि झुटो आरोप लगाउन लगाई जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराईएको हो ।

स्थानिय एकल महिला लुकुमाया श्रेष्ठले अंकपत्रसंग भनिन्– ‘मलाई त्यस्तो कुनै अभद्र व्यवहार जितवहादुर मोक्तानबाट भएको छैन ।’ अधिवक्ता प्रेमचन्द्र दाहालले ठगिको मुद्धामा यथेष्ट प्रमाण नपु¥याई पक्राउ गर्न नमिल्ने हुँदा राजनितिक प्रतिशोधका कारण यसलाई केहि समय थुनामा राख्दिउ भन्ने मनसायले गलत आरोप लगाई जितवहादुर मोक्तानलाई थुनामा राखिएको हुनसक्ने बताए ।

अधिबक्ता दाहालका अनुसार अभद्र व्यवहार गरेको आरोपमा सिडियो कार्यालयबाट अन्तिम छिनोफानो नभई मुद्धा दर्ता भएको मितिले २५ दिनसम्म जिल्ला प्रहरि कार्यालयमा आरोपित व्यक्तिलाई राख्न सकिने कानुनि व्यवस्था छ ।

स्थानिय कर्मसिंह थिङ्गले भने निर्दोश छुट्नुप¥र्यो र अन्याय गर्नेलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुप¥र्यो । यसरी जवरजस्ती कसैलाई प्रभोलनमा पारि झुटो आरोप लगाउन लगाई निर्दोश व्यक्तिलाई समाजमा सम्मानजनक वाच्न पाउने अधिकार समेत खोसिनु खेदजनक कार्य भएको थिङ्गले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १८:११

प्रतिक्रिया दिनुहोस्