सिन्धुली – सिन्धुली क्षेत्र नम्बर १ प्रदेश सभा (क) का सांसद, माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) ले आफ्नो जन्मदिन १५० बिरुवा बृक्षारोपण गरेर शुक्रवार मनाउनु भएको छ ।
आफ्नो जन्मदिनको अबसरमा दाहालले मोलमोर, ज्याकाराण्डा, कपुर, कल्की, राजवृक्ष, म्यागोस्टिम जातका १५० बिरुवा रोपेर आफ्नो जन्मदिन मनाउनु भएको हो । उहाँले आफ्ना सहयोगीको साथमा जिल्लाको दुधौली नगरपालिकाको सहिद पार्कमा बृक्षारोपण गर्नुभएको हो ।
जसरी बिरुवा रोपेर प्रकृतिलाइ हराबरा बनाउन सकिन्छ त्यही चक्रमा मान्छेको जिबनपनी रहेकोले यस्ता बृक्षारोपणले आफ्नो जन्मलाई सार्थकता दिने बताउनुभयो । माओबादी केन्द्र बृत्तमा लोकप्रिय नेताको रुपमा परिचित दाहाल समग्र राजनैतिक तथा सामाजिक अभियानमा समेत क्रियाशिल नेतृत्वका रुपमा परिचित छन ।









