शिक्षालाई श्रम र उत्पादनसँग जोडिनु पर्छ: नगरप्रमुख पोखरेल

सिन्धुली – कमलामाइ नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले अबको शिक्षालाई श्रम र उत्पादनसँग जोडिनुपर्ने र सोही अनुरुप नगरपालिकाले आगामी आ.बको लागी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनुभएको छ ।

रिसर्च डिभिजन (युजिसी) को सहयोग तथा सिद्धज्योती शिक्षा क्याम्पसको आयोजनामा तीन दिवसीय अनुसन्धान मुलक लेखन कार्यशालाको उद्घाटन तथा कमलामाइ नगरपालिकामा नबनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा नगर प्रमुख पोखरेलले उक्त कुरा बताउनु भएको हो ।

पोखरेलले विद्यालय शिक्षामा सबै माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, विद्यालयको नक्साङ्कन लगायतका गतिबिधी संचालनको लागी नगरपालिका सधै सहयोगिको रुपमा रहने उल्लेख गर्नुभयो ।

गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै पोखरेलले गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्यक्रम तथा पठनपाठनमा सुधार गर्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानी हुँदै आएको बताउँदै उहाँले त्यसको सही सदुपयोग गर्न व्यवस्थापन समिति, शिक्षक र अभिभावक जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।

दिपक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यशालाको उद्घाटन सत्रलाई समापन गर्दै घिमिरेले भौतिकरुपमा सम्पन्न सामुदायिक विद्यालयले शैक्षिक सुधारतर्फ लाग्नु पर्ने र शैक्षिक गुणस्तरलाई मध्यनजर गरेर अनुसन्धानात्मक शिक्षा प्रणालिको बिकास हुनुपर्नेमा धारणा राख्नुभयो ।

प्राध्यापक डा. पेशल खनाललगायतको सहजिकरणमा कार्यशाला तीन दिनसम्म सञ्चालन हुनेछ । सहजिकरणमा जिल्लाका फरक बिद्यालयमा कार्यरत शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ०५:२७

प्रतिक्रिया दिनुहोस्