असार १५ सिन्धुली । सिन्धुलीको तीनपाटन गाँउपालिका–७ पत्यानीमा चट्याङमा परी एक जना वृद्धको ज्यान गएको छ । मङ्गलबार राति परेको चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको वडाध्यक्ष युवराज पहाडीले जानकारी दिनुभयो ।
यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले भने उक्त चट्याङमा परी एक जना वृद्धको मृत्यु भएको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।
जिल्लाको सबै क्षेत्रमा मंगलबार बिहान देखि अबिरल वर्षा परिरहेको छ । अबिरल बर्षाको कारण पहिरो र बाढिको जोखिम बढ्दै गइरहेको छ । खोला तथा नदि किनार र सम्भाबित पहिरोको जोखिम रहेको क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले ध्यानाकर्षण गराएको छ ।









