सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यात्रुलाई सास्ती

सिन्धुली – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ । 

पहिरो निरन्तर झरिरहेकाले बुधबारदेखि यात्रु तथा मालवाहक सवारी साधनको आवतजावतमा समस्या भएको हो । पहिरोबाट अबरोध भएपछी सडकमा सवारी साधनको जाम रहेको छ ।

सडक विभागको जेसीभी प्रयोग गरेर पन्छाउँदै सवारी साधनलाई पहिरो पार गराउने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । पहिरो पन्छाए लगत्तै पुनः पहिरो खस्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मारमा परेका छन्। 

हैबारको अक्करे भीरमा सामान्य वर्षाकै कारण पहिरो खस्ने गरेको छ । मध्यपहाडी लोकमार्गको अन्य ठाउँमा पनि पहिरो खसेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार ०७:५७

प्रतिक्रिया दिनुहोस्