सिन्धुलीको एक होटलमा युवतीसहित बसेका एक युबकको मृत्यु

सिन्धुली– सिन्धुली सदरमुकाम स्थित एक गेष्ट हाउसमा एक पुरुष मृत अबस्थामा फेला परेका छन । सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित स्टल बजारमा रहको डाँफे होटलमा ३५ वर्षिया एक पुरुष मृत फेला परेका हुन ।

कमलामाई नगरपालिका ४ धुराबजारका सुमन विक आइतबार राती होटलको एक कोठामा मृत फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । उक्त कोठामा एक महिला पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घ्याङलेख गाउँपालिका ३ कि ३५ वर्षिया महिलालाई नियन्त्रणमा लिएको छ । मृतक विकको शव जिल्ला अस्पतालमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक विकको घाँटीमा डाम देखिएको होटलका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार महिला र मृतक विक आइतबार दिउँसो देखिनै होटलमा बसिरहेका थिए ।

ती महिलाले होटलको कर्मचारीको कोठामा गई आफूले मान्छे मारेको र प्रहरीलाई बोलाउन आग्रह गरेको ती कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कोठामा पुग्दा विक मृत भेटिएका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०३:३१

प्रतिक्रिया दिनुहोस्