पूर्वमन्त्री शेर्पा सवार कार सिन्धुलीमा दुर्घटना

असार २४ सिन्धुली – पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।

शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रमुख बिमलराज कंडेलले बताउनुभयो ।

पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचार ट्रमा सेन्टर काठमाडौमा भइरहेको छ ।

देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ । पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १२:००

प्रतिक्रिया दिनुहोस्