गोलन्जोर गाउँपालिकामा प्रहरी र प्रदर्शनकारी बिच झडप

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाको हरेक निर्णय कार्यपालिका र गाउँ सभाबाट हुनुपर्ने, विधि-बिधान अनुरुप गाउँपालिका चल्नुपर्ने र गैह्रकानुनी तबरबाट भएका स्थानीय सरकारका गतिविधि रोकिनुपर्ने माग राख्दै शान्तिपुर्ण धर्नामा रहेका प्रदर्शनकारी र प्रहरिबिच आइतबार सामान्य झडप भएको छ ।

गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्षको ठाडो आदेशमा प्रमुख प्रशासकिय अधिकृतले राजनैतिक पुर्वाग्रह राखी चालिएका गलत कदम र निर्णयका बिरुद्ध सच्चिन्न माग राख्दै कार्यपालिका सदस्य तथा निर्वाचित जनप्रतिनिधिले कार्यालय प्रवेशद्वारमा गएको बिहिबार तालाबन्दी गरेका थिए ।

बार्ता र छलफलबाट ताला खोल्ने सहमती नजिक पुग्दैगर्दा आइतबार प्रहरिले बलजफ्ती ताला फोरेर प्रवेशद्वार खोलेपछी आन्दोलनकारी र प्रहरी बिच सामान्य झडप भएको हो । सामान्य झडपमा कार्यापालिका सदस्य राजकुमार माझी लगायत केही प्रदर्शनकारी घाइते भएका छन ।

सामान्य झडप पछि प्रदर्शनकारिले पुनः प्रवेशद्वारमा अर्को ताला लगाएर धर्नाको कार्यक्रमलाई निरन्तरता दिइरहेको प्रदर्शनकारी तथा नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर -५ का वडाकार्यसमिती सभापती हरिशरण बस्नेतले बताए ।

आफुहरुका माग सम्बोधनको लागी अध्यक्ष सहितको सर्वपक्षिय बैठक बस्दा पनि कुनै निष्कर्ष ननिस्किएपछि बिहीवारदेखि ताला लगाईएको गोलन्जोर गाउँपालिका -२ का वडाअध्यक्ष दौलत कार्किले बताए । कार्यपालिकाका सदस्यहरूलाई कुनै जानकारी नै नदिइ पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले पुर्वाग्राही ढंगबाट करार कर्मचारी हटाउने लगायत विधि र बिधान बिपरित राजनैतिक पुर्वाग्रही ढंगले षड्यन्त्रपुर्वक कार्य भइरहेको र यस्तो गतल कामको नेपाली काग्रेस र हाम्रो गम्भिर आपत्ति छ वडाध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार ०७:१२

प्रतिक्रिया दिनुहोस्