लागुऔषध कारोबारमा सिन्धुलीका एक दम्पतीसहित तीन पक्राउ

सिन्धुली – भारतबाट लागुऔषध बोकी नेपाल आएका एक दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, उनकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा शहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४, कठुधारस्थित  प्रहरी चौकीका प्रहरीले शंका लागी जाँच गर्दा उनीहरू पक्राउ परेका थिए ।

उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १६:२१

प्रतिक्रिया दिनुहोस्