एकपटक जनताबाट निर्वाचित प्रतिनिधी भएर काम गर्ने चाहाना छ

सिन्धुली – नेपाल सरकारको मन्त्री परिषद बैठकबाट आउदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिए संगै जिल्लाको दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा उम्मेदवार को बन्ला भन्ने अड्कलबाजी र चर्चा-परिचर्चा हुन शुरु भएको छ । त्यति मात्रै होइन कसले कुन नेताको या समुहको पहुँचमा टिकट लिने भन्ने होडबाजी पनि उत्तिकै छ ।

जनताको सिफारिस र अपेक्षा भन्दा धेरै टाढा छ संघीय र प्रदेशको केन्द्रले बितरण गर्ने टिकट प्रणाली । एउटा स्वच्छ छवि बनाएको, बिकास निर्माणमा लामो अनुभव लिएको, पार्टिमा धेरै समयदेखी क्रियासिल, जनताको सुख दुखमा सधै रहने नेताले प्राय अबसरहरु कम पाउने गरेको गुनासो गर्नुहुन्छ कमलामाइ नगरपालिका – ६ का स्थानिय युवा समिरबिक्रम थापा ।

यहाँ पहुँच र पावरको आधारमा जनतासंग नभिजेका नेताले टिकट लिन्छन, आफ्नो राजनैतिक छवि र कमजोरिको आधारमा एउटा सिंगो पार्टिले हार ब्यहोर्छ अनि जनताको सधै साथमा रहने नेता राजनितीबाट दिक्दार भएर अन्य पेशा ब्यबसाय र सामाजिक सेवामा लाग्छ त्यो यथार्थतालाइ चिरेर सम्भाबित र बलियो उम्मेदवारलाई पार्टिले टिकट दिनुपर्ने धारणा उहाँको छ ।

कमलामाइ नगरपालिका -३ का चन्द्रमान थिङको धारणा पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, ‘पार्टिले दिने टिकट जित्ने सम्भाबित ब्यक्तीलाई मात्रै बितरण गरिनु राम्रो हो ।’ उहाँले अहिलेको बलियो उम्मेदवार नामै उल्लेख गरेर युवापुस्ता र आम नेता कार्यकर्ताको मन मस्तिष्कमा भिजेका ब्यक्ती क्षेत्रबहादुर बम्जनले टिकट पाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो बिकास निर्माणमा उहाँको अनुभव लामो छ । सामाजिक बिकास र न्याय क्षेत्रमा पनि उहाँले ठूलो योगदान पुर्याउनु भएको छ । त्यतीमात्रै होइन उहाँले गएको प्रदेशसभा निर्वाचनमा पनि बाम गठबन्धन हुँदैगर्दा पनि लोकप्रिय मत ल्याएर उपबिजेता बन्नु भएको हो, त्यसैले उहाँलाई पार्टिले यसपटक पुनः उम्मेदवारको रुपमा उभ्याउनुपर्ने उहाँको भनाइ छ ।

समाजसेवी तथा युबा नेता क्षेत्रबहादुर बम्जन यो अघिको प्रदेशसभा निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर -२ को प्रदेश सभा (ख) बाट सदस्य पदको उम्मेदवार हुनुहुन्थ्यो । तत्कालिन बाम एकताबाट नेकपा माओबादी केन्द्रका उम्मेदवार बुद्धिमान माझीले १३७४९ मत प्राप्त गरि बिजयी हुनुभएको थियो भने नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका बम्जनले ८५२३ मत प्राप्त गरि उपबिजेता बन्नुभएको थियो ।

खासगरी माओबादी केन्द्रको पकड मानिने उक्त प्रदेशमा नेकपा एमाले सहितको बाम एकता हुँदा पनि तत्कालिन समयमा बम्जनले लोकप्रिय मत प्राप्त गरेका थिए । उहाँ पेशागत रुपमा निर्माण ब्यबसायी रहेपनी उहाँले सामाजिक सेवाको भाबले समुदायमा थुप्रै योगदान पुर्याउनु भएको छ ।

अब आउने प्रदेश सभाको निर्वाचनमा बम्जनलाइ सिन्धुली निर्वाचन क्षेत्र नम्बर -२ को प्रदेश सभा (क) बाट उम्मेदवार बन्न नेता कार्यकर्ताले दबाब अघि बढाएका छन । उमेर, क्षमता र विकासशिल सोच भएका युवा नेता समग्र प्रदेशको समृद्धिका लागी योगदान दिन राजनितीमा आएकोले प्रदेश सभाका लागी सिन्धुली निर्वाचन क्षेत्र नम्बर -२ (क) का जनताले बम्जनलाई टिकट सिफारिसका लागी दबाब बढाउनुपर्ने आजको आवश्यकता रहेको काङ्ग्रेस निकट कार्यकर्ता बताउछन ।

सम्भाबित उम्मेदवार बम्जन भने आफु पार्टी, नेता तथा कार्यकर्ताको साथ, सल्लाह र सुझाबमा मात्रै अघि बढ्ने र टिकटको प्रक्रियामा रहेर आफू चुनाबी मैदानमा रहने बताउनुहुन्छ । टिकट पार्टिले कसलाई दिन्छ त्यो थाहा छैन तर, वडादेखीको सिफारिसको आधारमा, जनताको चाहाना बमोजिम काम गर्ने दृढ क्षमता भएको ब्यक्तीलाई पार्टिले टिकट बितरण गरोस भन्ने मेरो अपेक्षा छ, ‘बम्जनले भन्नुभयो।

एकपटक आफुलाइ आफ्नो अनुभव, ज्ञान र शिपको आधारमा प्रदेश सभा सदस्य पदमा रहेर सामाजिक तथा बिकास निर्माणको क्षेत्रमा काम गर्ने चाहाना छ उहाँले भन्नुभयो, ‘त्यो अग्रज नेतृत्वगढको सल्लाह र शुभेच्छुकको मायाले मात्रै संभब छ, उहाँको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार १४:११

प्रतिक्रिया दिनुहोस्