कमलामाइ -१३ का अपांग ब्यक्तीहरुलाई नगरपालिकाको सहयोग

सिन्धुली – कमलामाइ नगरपालिका -१३ रानिबासका टेकबहादुर परियार उमेरले उनन्सत्तरी बर्ष पुगे । उमेर छदा जस्तोसुकै घर भित्र र बाहिरको काम गर्न सक्ने परियार केहि बर्ष अघि मेरुदण्डमा समस्या भएर अस्पताल भर्ना भए । उनकै दैनिक ज्याला मजदुरीमा उनको परिवार चल्ने गर्थ्यो । जब उनी बिरामी परे त्यसपछि ज्याला मजदुरी गर्न नसक्ने अबस्थामा घरबाट समेत बाहिर निस्कन नसक्ने अबस्थामा
ओछ्यानमा सिमित भए ।

उनको परिवारलाई एक त ज्याला मजदुरिमा घरपरिवार चलाउनु पर्ने बाध्यता छ भने अर्कोतर्फ टेकबहादुर परियारको स्वास्थ्य हेरचाह र स्याहारसुसार गर्नुपर्ने कर्तव्य छ । उनी आफै स्वयं कतै हिडडुल गर्न र यताउती गर्न सक्दैनन कसैको साहारा बिना ।

उनको यो बाध्यत्मक कष्टकर जिबनयापनमा सोमबार कमलामाइ नगरपालिकाको सहयोगले केही राहत मिलेको परियार परिवारले महसुस गरेको छ । उनलाई यताउता गराउन समेत कसैको साहारा चाहिने टेकबहादुर अब आफ्नो इक्छा अनुसार आफै कसैको साहारा बिना घरगोठ, सौचालय र घर आगन गर्न सक्ने भएका छन ।

उनान्सत्तरी बर्षिय परियार संगै कमलामाइ नगरपलिकाले शारिरिक रुपमा अपांग भएका कमलामाइ नगरपालिका -१३ रानिबासका सात जनालाई आधुनिक ह्विलचियर एक कार्यक्रम बिच सहयोग गरेको छ ।

रानिबासका ८२ बर्षिय शिबहरी उपाध्याय, ६५ बर्षिया नन्दमाया फुयाल, एकै परिवारका ५२ बर्षिया लोकबहादुर सार्की र ३४ बर्षिया हेमन्त सार्की लगायत सात ब्यक्तीलाई कमलामाइ नगरपालिकाले दैनिक जिबनयापन सहजताका लागी ह्विलचियर प्रदान गरेको हो ।

८२ बर्षिय शिबहरी उपाध्यायले बाहिर दुनिँयामा प्रवेश गराउनका लागि आफुलाई ह्वीलचेयरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस प्रकारको ह्वीलचेयर सहयोग गरेर महत्वुर्ण भुमिका निर्वाह गरेको कमलामाइ नगरपालिका लगायत मेयर उपेन्द्र कुमार पोखरेललाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो म बिरामी परेदेखी शारिरिक रुपमा अपांग भएर घरमा बस्न थालेदेखी मलाई सधै घरपरिवारलाई भन्न र यता उता गराउन लगाउन झन्झट लाग्थ्यो । आशा छ, मैले प्राप्त गरेको यो ह्वीलच्यर बाट म बाहिरी दुनियामा प्रवेश गरेको छु । मैले गर्न सक्ने सानातिना काम म आफैले गर्न सक्नेछु भन्ने मेरो बिश्वास छ उहाँले भन्नुभयो ।

जीवनका सबै दुःख अभाव र कष्ट भन्दा पर, बचन तिरस्कार र चोटहरु भन्दा पनि पर, एउटा मात्र चिजलाई पुजा गर्छु म, त्यो हो ह्वीलचेयर । यसैका कारण मुडा जस्तै लडिरहने शरीरलाई व्यवस्थापन गर्न अब सक्नेछु त्यसको लागि कमलामाइ नगरपालिका र मेयरसापलाई धन्यवाद छ उहाले भन्नुभयो ।

कमलामाइ नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले शारिरिक रुपमा अशक्त र अपांग जीवन गुजारिरहेका कमलामाइ नगरपालिका क्षेत्रभित्रका सबै वडामा अपांग भएका ब्यक्तिको पहिचान गरि सबै ब्यक्तीलाई दैनिक जिबनयापन सहजताका लागी ह्विलचियर प्रदान गरिने बताउनुभयो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १४:४३

प्रतिक्रिया दिनुहोस्