खसी चोरी गर्ने तीन ब्यक्ती सिन्धुली हटियाबजारबाट पक्राउ

सिन्धुली – मुख्य चाढपर्वहरु नजिकिए संगै सिन्धुलीमा चोरिको शृङ्खला दिनानुदिन बढिरहेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरि शनिबार हाटमा बिक्रीका लागी लगेको अबस्थामा शनिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार हाट लागिरहेको स्थानबाट तीन जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिका वडा न. ८ बस्ने बर्ष २१ का सुरेन्द्र घलान, सोही स्थानका बर्ष-२७ का राम बहादुर वाईबा समेत तीन जना रहेका छन । तिनैजना मिकेर कमलामाई न.पा.-६ स्थित शनिबारे हटियामा खसी बिक्रीका लागी लगेको अबस्थामा प्रहरी कार्यालयबाट खटिएको टोलिले पक्राउ गरेको हो ।

गएको भदौ ३१ गते गते दिउसो तिनबजेको समयमा जिल्लाको कमलामाई न.पा. वडा न. ५ सिलामे बस्ने शंकर श्रेष्ठको जंगलमा चराउन लगेको तिनवटा खसीहरु हराएको थियो । जंगलमा चराउन लगेको खसी एकएक हराएपछी खोजतलासिको लागी खसी धनीले प्रहरी कार्यालयमा निबेदन दिएका थिए ।

शनिबारे हाटमा खसी बिक्री गर्दै गरेको अबस्थामा तिनैजनालाइ खसी सहित नियन्त्रणमा लिइ जिल्ला अदालतमा पेश गरिएको र पाँच दिनको म्याद थप गरि आबस्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक हरिकृष्ण के.सिले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार १६:२३

प्रतिक्रिया दिनुहोस्