अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेका उपकरण नगरको नियन्त्रणमा

सिन्धुली – कमलामाई नगरपालिकाले वडा नं. १ मरिण खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अबस्थामा उत्खननमा प्रयोग भइरहेका चार उपकरणलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय गौरबको आयोजना मरिण डाइभर्सनको लागी प्रयोग भइरहेको एक्साभेटर, टिपर र ट्याक्टरले मरिणखोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अबस्थामा मंगलबार कमलामाइ नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको नेतृत्वमा उक्त उपकरणलाइ नियन्त्रणमा लिइएको हो ।

वडा नं. १ मरिण खोलाको पुलको दायाँ बायाँ ५०० मिटर भित्र अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अबस्थामा उक्त उपकरणहरु नियन्त्रणमा लिइएको नगर प्रमुख पोखरेलले बताउनुभयो ।

नगर प्रमुख नेतृत्व सहितको टोलिले उत्खननमा प्रयोग भएका मेशिन उपकरणहरु एक्सकाभेटर-१, ट्रीप्पर-२ र ट्र्याक्टर-१ थान नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिइएको उपकरणलाई आबस्यक कारबाहिको लागी स्थानिय प्रहरी चौकी डाडीलाई जिम्मा लगाइएको उहाले बताउनु भयो ।

कमलामाइ नगरपालिकाको कार्यबिधी अनुसार खोलाको ५०० मिटर दायाबाया कुनै पनि नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन गर्न रोक लगाएको छ । नियम बिपरित मनोमानी रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने जोकोहीलाई आबस्यक कारबाही हुने नगरप्रमुख पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १२:५०

प्रतिक्रिया दिनुहोस्