स्थायी विकास र मुलुकको समृद्धि मेरो मुख्य एजेन्डा हो: घिमिरे

सिन्धुली – आसन्न मङ्सिर चार गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार श्याम कुमार घिमिरेले दुर्गमदेखि सहरी भू-भागलाई समान विकासको गतिमा लैजान समृद्धि र विकासको मुख्य एजेन्डा लिएर आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

लोकतान्त्रिक-बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका घिमिरेले निर्बाचन क्षेत्रको स्थायी विकास र मुलुकको समृद्धि आफ्नो प्रमुख योजना रहेको उल्लेख गर्नुभयो ।

बाम-लोकतान्त्रिक गठबन्धन सम्बद्ध आयोजित पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार घिमिरेले आफ्नो मुख्य प्राथमिकतामा पुराना सभ्यताका धार्मिक संस्कृति, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, कृषि, आधुनिकीकरण रहेको र जनताको सेवकको रुपमा काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

जनताको साथमा र जिल्लामा त्यती नभिजेको भन्ने गुनासो छ नि भन्ने प्रश्नमा उम्मेदवार घिमिरेले भन्नुभयो, ‘मेरो जिम्मेवारी स्थानिय रुपमा भन्दा पनि केन्द्रीय समितीमा महत्वपुर्ण छ ।’ म लगातार तिनपटक नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा निर्बाचित छु । म केन्द्रिय लेखा समितीको संयोजक पनि भएको नाताले मेरो जिम्मेवारीले स्थानिय रुपमै समय ब्यतित गर्न अनुकुल रहदैन ।’

घिमिरेले प्रतिनिधि सभा सदस्य भएर जाने भनेको स्थानिय समस्यालाई केन्द्रमा लैजान सहज बनाउने माध्यम भएकोले अहिलेको मुख्य समस्या रहेको सडक पुर्वाधार, आर्थिक समृद्धि लगायतको एजेन्डा आफ्नो मुख्य प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक उम्मेदवारको मनोनयन दर्ता अनुसार मतपत्र छापिने र उम्मेदवार नभएको प्रदेश र संघमा पार्टिको चुनाब चिन्ह समेत नरहने भएकोले यो निर्वाचनमा मत बदर र बिग्रीने समस्या त्यती नहुने उहाँको भनाइ छ ।

शिक्षा, स्वास्थ्यलाई प्रभावकारी बनाएर जताततै बलियो सडक पूर्वाधार पुर्याउने, पूर्वाधार र भौतिक क्षेत्रमा धेरै योजना बनाएर विकसित नमुना जिल्ला बनाउने मेरो संकल्पको लागी मतदाताको बिश्वास र साथ आफुलाइ आबस्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ०५:५१

प्रतिक्रिया दिनुहोस्