१६ बर्षिय सुस्मिता बनिन् पत्रकार महासंघ सिन्धुलीको अध्यक्ष

सिन्धुली – सिन्धुलीकि सुस्मिता आले मगर नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको अध्यक्ष बनेकी छिन । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा शुक्रबार १६ बर्षिया सुस्मिता आले मगर एक दिनको लागी महासंघको अध्यक्ष बनेकी हुन ।

एक औपचारिक कार्यक्रमका बिच शाखाका अध्यक्ष कृष्णहरी घिमिरेले किशोरी मगरलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए । पद ग्रहण गरेसँगै किशोरीले समाजमा ब्याप्त लैङ्गिक बिभेद, बाल बिबाह, बाल हिंसा, श्रमिक बालबालिकाको सवालमा पत्रकारिताको भुमिका बारे सवाल उठाएकी थिइन ।

साथै, समग्र पत्रकारिताको माध्यमबाट किशोरी तथा युवा महिलाहरूको सवालमा महासंघले लैगिंक समानताको लागि गर्नुपर्ने कार्यहरू लगायतका बारेमा समेत किशोरी मगरले छलफल गरेकी छन ।

पत्रकारिताको माध्यमबाट समाजिक क्षेत्रमा गर्न सकिने पहल कदमी बारे तयार प्रतिबद्धता पत्रमा हस्ताक्षर संकलन समेत उनले गरेकी छन । एक दिनको लागि पत्रकार महासंघको अध्यक्षको भूमिकामा रहेको किशोरी आफ्नो पदभार ग्रहणको अनुभव सुनाउँछिन्, ‘म १६ वर्षको किशोरी पत्रकार महासंघको अध्यक्षको कुर्सीमा बस्न पाउँदा आफूलाई निकै भाग्यमानी महसुस छु।’

हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।

बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैङ्गिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुर्व्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १२:१५

प्रतिक्रिया दिनुहोस्