सिन्धुली – सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) बाट बाम-लोकतान्त्रिक सयुक्त गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्रबहादुर बम्जनले जिल्लाको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताउनु भएको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित शनिबार गठबन्धन दल समर्थक सिन्धुली काठमाडौ सम्पर्क समितीले काठमाडौमा आयोजना गरेको उम्मेदवार परिचय तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
उहाँले जनताको विकास तथा समृद्धि र देश, जिल्लाको विकास र समृद्धि गठबन्धनका उम्मेदवारले मात्र गर्न सक्ने भएकाले सम्पुर्ण मतदातालाई मतदान गर्न अनुरोध गर्नुभयो ।गठबन्धन दलका उम्मेदवारहरू विकासका लागि प्रतिबद्ध रहेको उनकाे भनाइ थियो ।
देश, हरेक जिल्ला, पालिका, वडा, बस्ती, टोल, घर र व्यक्तिका लागि काम गर्न सक्ने क्षमता गठबन्धनका उम्मेदवारमा रहेको उहाँको भनाइ छ । खानेपानी, सिंचाइ, विद्युत, कृषि, शिक्षा, स्वास्थ्यलगायतको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
साथै उहाँले बिगतको प्रतिनिधि सभा र प्रदेश सभामा बिजयी भएर संसदमा पुगेका माननियहरु आफुले गरेका चुनाबी प्रतिबद्धतालाई बेवास्ता गरेका कारण जनतामा निराशा छाएको उल्लेख गर्नुभयो ।
यो अघि प्रदेशसभा (ख) बाट पनि आफू उम्मेदवार रहेको तर पराजित भएको स्मरण गराउदै उहाँले आफू पराजित भएपनी आफुले चुनाबी अभियानको क्रममा गरेका प्रतिबद्धता हरु आफ्नो ब्यक्तिगत रुपमा सकेको पूरा गरेको बताउनुभयो ।
यस प्रदेश सभा (क) बाट अहिले सयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका छेत्रबहादुर बम्जनलाई नेपाली काङ्ग्रेसको चुनाब चिन्ह (रुख) मा मतदान गर्न र प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका लेखनाथ दाहाल (राजन) लाई नेकपा माओबादी केन्द्रको चुनाब चिन्ह गोलाकार भित्रको हसिया हतौडामा मतदान गरि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन उहाले सबै मतदातालाई अनुरोध गर्नुभयो ।